बढुवा भएका सहायकरथी भट्टलाई लाई दर्ज्यानी चिह्न प्रदान

उपरथीमा बढुवा भएका कृष्णदेव भट्टलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
Advertisement 1
माघ २३ गतेको मन्त्रिपरिषद्को निर्णयले सहायक रथी भट्टराई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। दर्ज्यानी चिह्न प्रदान गरिएसँगै भट्टराईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ। सोही समारोहमा सहायक रथीमा एक र महासेनानीमा बढुवा भएका चार जना सैनिक अधिकृतलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।
प्रकाशित :२०७९ माघ २७, शुक्रबार ०९:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%