न गाउँमा, न त सहरमा !

कहाँ जाउँ, कहाँ जाउँ भएको छु म,
Advertisement 1
खोज्दा भेटाउँदिन, न गाउँमा, न त सहरमा!
अग्लो टाकुरोको टुप्पोमा उभिएर हेरेपनि,
Advertisement 2
सग्ला अक्षर लेखेर कतै केहि नकेरेपनि,
हरेकदिन नयाँनयाँ कपडा नै फेरेपनि,
Advertisement 3
सिधा आँखाले हेरौँ वा,
केहि छिनलाई भएँ “डेढो”पनि,
कहाँ जाउँ कहाँ जाउँ भएको छु म
खोज्दा भेटाउँदिन, न गाउँमा, न त सहरमा!
बैशाख एकै गते नयाँ वर्षको,
उल्लासका केहि क्षणले भुलाएपनि,
रक्सिको मातमा, मन मस्तिष्क झुलाएपनि,
सपनिका सुन्दर यात्राहरुमा,
मुस्कुराउदै गुनगुनाएपनि,
सकारात्मकताको जलपको ढाकछोपमा,
केहिसमय कतै बिताएपनि,
कहाँ जाउँ कहाँ जाउँ भएको छु म,
खोज्दा भेटाउँदिन, न गाउँमा, न त सहरमा!
छ भन्छन् , हेर भन्छन्, सुन्दा हो जस्तै लाग्छ,
सुनिरहुँ जस्तो लाग्छ,
अहो ! धेरै पो भइसकेछ! जस्तोसम्म लाग्छ,
कहाँ छ त, त्यति विघ्न!
अनायासै, हेर्ने जिज्ञासा जाग्छ, भेट्ने इच्क्षा लाग्छ,
तर, हेर्न भनि, म जतिजति नजिक जान्छु,
उ भने उतिउति परपर भाग्छ!
मेरो, उसलाई हेर्ने, देख्ने, छाम्ने इच्क्षाको प्रचुरतामा,
उ भने त्यतित्यति नै टाढाटढा भाग्छ।
घाम वा जुनको छायामा नै पो देखिन्छ कि भनेर,
त्यसको सातोपुत्लो जान्छ।
अझै त्यसलाई, शान्ति मिल्दैन कि कुन्नि!
भाग्दा भाग्दा थाकेर भिरबाट हाम्फालि
आत्महत्यातिर पो लाग्छ!
छ भन्छन् हेर भन्छन्, भएरै त होला!
तर, कहाँ जाउँ कहाँ जाउँ भएको छु म,
खोज्दा भेटाउँदिन, न गाउँमा, न त सहरमा!