“इतिहासमा यत्तिको विकास कहिल्यै भएको थियो ?” :- प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमै यति धेरै विकास कुनै पनि सरकारबाट नभएको दावा गरेको छन् । आज काठमाडौंको नारायणहिटी दरबार संग्राहालय अगाडि भएको आमसभालाई सम्बोधन गर्दै उनले यसअघिका कुनै पनि सरकारले गर्न नसकेको विकास आफू नेतृत्वको सरकारले गरेको दाबी गरे।
वर्तमान सरकारले इतिहासका अन्य कुनै सरकारले नगरेको बताउँदै उनले प्रश्न गरे यति छिटो विकास इतिहासमा कुनै सरकारले गरेको थियो ?अहिले जस्तो काठमाडौं कहिल्यै थियो ? अहिले जति बाटो कहिल्यै बनेका थिए ?
यस्तै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूलाई काम गर्ने नदिएपछि प्रतिनिधिसभा विघटन गरेको बताए । उनले संसद विघटन संविधानसम्मत छ छैन भनेर बहस भए पनि काम गर्नै नदिएपछि विघटन गर्नुपरेको बताएका हुन् । उनले तीन वर्षको अवधिमा बजेट भाषणको शैलीमा आफ्नो समयमा गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए ।

Advertisement 1

‘संसद विघटन संविधानसम्मत छ की छैन भनेर बहस भइरहेको छ । सर्वसाधारणले बुझेको कुरा हो । संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम नर्ग नपाउने र नदिने अवस्थामा संसद विघटन गर्छ’ ओलीले भने, ‘बेलायतमा लिखित संविधान छैन । विघटनको विषय लेखेको छैन । तर, अस्ती भर्खर संसद विघटन गरेर प्रधानमन्त्रीले चुनाव घोषणा गरे । काम गर्न नपाएपछि विघटन गर्न पाइन्छ । काम गर्न नदिएपछि जनताको ताजा जनादेशबाट खोज्नुपर्छ ।’
यस्तै प्रधानमन्त्री ओलीले राजतन्त्रबारे पनि प्रष्ट पारेका छन् । सभालाई सम्बोधन गर्दै उनले भने केपी ओलीले राजतन्त्र फर्काउने रे जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ। त्यसले राजतन्त्र फर्काउँछ। हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं उनले भने।

प्रकाशित :२०७७ माघ २३, शुक्रबार १५:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry