ऋृणको भारीले थिचिएर मृत्यु रोज्दै व्यवसायी,सरकार मुकदर्शक

अहिले वित्तिय संस्था तथा व्यक्तिबाट लिएको ऋणको साँवाब्याज नै तिर्न नसकेर आत्महत्या गर्नेको संख्या हवात्तै बढेको छ । पछिल्लो समय वित्तिय संस्थाले दिएको दबाब सहन नसकेर ऋणीहरु आत्महत्या गर्न बाध्य भइरहेका छन् । अहिले वित्तिय संस्थाको ऋण तिर्न नसकेर वा डिप्रेसनमा गएर दिनहुँ १७ जनाले आत्महत्या गरिरहेका छन् ।
यसरी दिनको १७ जनाले हिसाब गर्दा महिनाको कति र वर्षको हुन्छ ? त्यसैले, अब यसको पनि अब सरकारले हल गर्नुपर्छ । यता ऋणीले ऋण तिर्न नसकेपछि दबाब वा प्रेसर दिएर उसलाई आत्महत्या गर्न बाध्य बनाउने वित्तिय संस्थाका सञ्चालक वा कर्मचारीलाई न सरकारले कारबाही गर्छ न त्यस संस्थाको दर्ता खारेज गर्छ ।
वित्तिय संस्थाले छिटै कमाउन वा नाफा कमाउनका लागि मानिसहरुलाई आँखा चिम्लेर घुस खाएर बढी ब्याजमा कर्जा प्रवाह गरे । तर, तीन किस्ता नतिर्नेबित्तिकै ऋणीको तीन पुस्ताको नामसहित फोटो पत्रपत्रिकामा निकाल्ने, कालोसूचीमा राख्ने, फोन गरेर तनाव दिने र गुण्डाहरु घरमा पठाउनुका साथ घरको ढोकामा चिठीसमेत टाँसिदिए ।
वित्तिय संस्थाहरुले एक करोड मूल्य पर्ने धितो भएमा घुस खाएर ५० देखि ७० लाखसम्म कर्जा दिन्छन् । यता सेवाशुल्क २ देखि ५ प्रतिशत त ब्याज १८ देखि ४८ प्रतिशत । त्यो कर्जा प्रवाह गरेबापत पनि दुई लाख रुपैँया घुस छुट्टै ।
अहिले सर्वसाधारण जनता नै होस् या व्यापारी । उनीहरुले लगाएको कपडादेखि खाने खानासमेत बैंकबाटै लिएको लोनबाट चलिरहेको छ । झन् यता कतिले त बनाएको घरदेखि चढेको गाडीसमेत बैंकको नाममा छ । यतिमात्र नभई व्यापारव्यवसाय गर्नेले समेत बैंकबाटै ऋण लिएर काम गरिरहेका छन् ।
९८ प्रतिशत सर्वसाधारण जनता वा व्यापारीहरुले बैंकबाट ऋण लिएर घरजग्गा, गाडी, व्यापारव्यवसाय वा अन्य कार्य गरिरहेका छन् । तर, अहिले वित्तिय संस्थाबाट लिएको ऋण तिर्न नसकेर उनीहरु आत्महत्या गर्न बाध्य भइरहेका छन् । जसले गर्दा एकतिर अब बैंक, फाइन्स र सहकारी पनि डुब्ने अवस्थामा पुगेको छ त अर्कोतिर गरिबी बढ्ने छ ।
हरेक नेपाली नागरिकको बाच्ँने अधिकारमा नेपालको संविधानमा उल्लेख छ । एउटा नागरिक बन्न जति उसको अभिभावकले लगानी गरेको हुन्छ त्यति नै राज्यले । यसरी त्यो मानिसले बीचमै आत्महत्या गर्दा उसको परिवारले त त्यसको मार भोग्नु नै पर्छ तर राज्यलाई पनि यसको ठूलो क्षति पर्न जान्छ ।
देशमा संविधान, कानून, अदालत र सरकार छ । तर, ऋणीलाई त्यसरी आत्महत्या गर्न बाध्य बनाउने वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कारबाही गर्ने को छ ? कसैको दबाबमा कुनै नागरिकले आत्महत्या गरेमा आरोपकै भरमा पनि जेल जानुपर्छ ।
तर वित्तिय संस्थाको ऋण तिर्न नसकेर वा दबाबका कारण मानिसहरु मर्दा त्यस संस्थाका सञ्चालकहरु मोजमस्ती गरेर बस्छन् । उनीहरुका लागि न कानून नै छ न प्रहरी प्रशासन नै । अहिलेपनि उनीहरुले पैसा र पहुँचकै आडमा जनता मार्ने काम गरिरहेका छन् ।
केही वर्षअघि भक्तपुरको नयाँ थिमीमा घर धितो राखेरबैंकबाट लिएको ऋण तिर्न नसकेर ऋणीले आफ्नो श्रीमती र छोराका साथ आफुलाई पनि माप्यो । यसरी उसको सबै परिवार सिधियो । तर, बैंकले ऊ मरेपछि उसको घर पनि लिलाम गप्यो ।
यो त प्रतिनिधि मात्र हो । यस्ता घटनाहरु अहिले व्यापक छ । बैंक तथा सहकारीबाट लिएको ऋण तिर्न नसकेर अहिले हजारौँ मानिसहरु विस्थापन भइरहेका छन् त कतिले आत्महत्या गरिसके । पछिल्लो समय वित्तिय संस्थाहरुले सर्वसाधारण मार्ने काम गरिरहेको छ तर सरकार टुलुटुलु हेरेर बसिरहेको छ । आर्थिक तरलताका कारण अहिले बजारमा मानिसहरुले वित्तिय संस्थामा घरजग्गा, गाडी र सेयर धितो राखेर लिएको कर्जा तिर्न सकिरहेका छैन ।
जसले गर्दा अब कि त बैंक डुब्नुपर्छ होइन भने बैंकबाट ऋण लिएकाहरु सबैले आत्महत्या गर्नुपर्छ । त्यसैले, अब यसको समाधान राष्ट्र बैंक र सरकारले छिटोभन्दा छिटो गर्नुपर्छ । हरेक नेपालीको टाउको अहिले ७० हजार विदेशी ऋण छ । तापनि उनीहरुले लिएको बाहेक । अब यो ऋण कसरी र कहिले तिर्ने भन्नेमा उनीहरु अन्योल छन् ।
ऋणका कारण पनि मानिसहरु आत्महत्या गर्न बाध्य भइरहेका छन् । त्यसैले अब राष्ट्र बैंक र अर्थमन्त्रालयले ऋणी र वित्तिय संस्था दुवै नडुब्ने गरी देशको अर्थतन्त्र र जनशाक्ति बचाउनुपर्छ । वित्तिय संस्था भनेको सर्वसाधारणको पैसाबाट चलेको संस्था हो ।
तर, संस्थाका चेयरम्यान, अध्यक्ष र सञ्चालकहरु भने सर्वसाधारणको जीवनभरको कमाइ जथाभावी लगानी गरेर उनीहरु डुब्नमा लागिपरेका छन् । सरकारले पनि बेलैमा घरजग्गा, गाडी र सेयरलगायत अन्य जोखिमपूर्ण क्षेत्रमा लगानी नगर्नुस् भनेर वित्तिय संस्थालगायत सर्वसाधारणलाई सूचित नगराउँदा आज अवस्था निम्तियो ।

Advertisement 1

अहिले गाडीदेखि सेयर सबैको मूल्य दिनहुँ घटिरहेको छ । तर देशका सबै नागरिकहरुको सबैभन्दा बढी लगानी नै यि क्षेत्रमा छ । त्यसैले, अहिले यि लगानीकर्ताहरु व्यक्ति तथा संस्थाको ऋणमा फसेपछि आत्महत्या गर्न बाध्य भए ।
हामी जनता आफु खाईनखाई बाचेदेखि नमर्नुन्जेलसम्म राज्यलाई कर तिछौँ । त्यही करबाट हाम्रा जनप्रतिनिधिहरु तलबभत्ता, सरकारी गाडीलगायत अन्य सेवासुविधा लिन्छन् र हामीमाथि नै राज गर्छन् । तर हामीलाई आवश्यक पर्ने कानून नीति नियम आदि केही पनि ल्याउँदैनन् । के यही गर्न हामीले तीन घण्टाको बाटो हिडेर मतदान गरेका थियौँ ? के हाम्रो अधिकार हामीबाट खोसिनका लागि हामीले यो व्यवस्था ल्याएका हौँ ?
सरकार पुराना कानून परिवर्तन गर्न सक्छ न नयाँ ल्याउन सक्छ तर मरेका मानिसलाई फेरि व्युताउँन सक्छ ? अहिले राज्यलाई कर तिर्नेदेखि नेतालाई भोट हाल्ने जति धमाधम आत्महत्या गरिरहेका छन् । तर, नेता, सरकारी कर्मचारीहरुलाई अहिलेपनि भ्रष्टाचार गरेर नै पुगेको छैन ।
बजारमा पैसाको हाहाकार छ । बैंकमा आफुले राखेको २० लाख भएमा एक लाख दिदैँन ।झन् सहकारीको त कुरै नगरौँ । बचतकर्ताको रुवाबाँस त ऋणीको उठीबाँस ल्याएका छन् यँही वित्तिय संस्थाहरुले । तर सरकार अहिले पनि मौन छ ।
बजारमा दिनहुँ महंगी बढेको छ । नुनको सुनको भाउमा आइसकेको छ तर सरकारलाई चासो छैन । यता घरजग्गा, गाडी र सेयरमा पनि मन्दी छाएको छ ।
देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार हटेर प्रधानमन्त्री प्रचण्डको सरकार आएपछि केही दिन सेयरको मूल्य बढ्यो । तर भनिन्छ, घरबाट निस्किएर गएको भुरोलाई फेरि घर नै आउनुपर्छ । यँही भएको छ सेयरमा पनि ।
पछिल्लो समय अर्थविद् तथा विज्ञहरु पनि बजारमा आर्थक तरलता झन् जटिल बन्दै गएको बताउँछन् । उनीहरु अहिलेको भन्दा पनि देश नाजुक अवस्थामा जाने जिज्ञासा गर्छन् । झन् यता कर तिर्ने जनताहरु ऋणको भार थेक्न नसकेर भटाभट मरिरहेका छन् जसले गर्दा अब राज्यले राजस्व संकलन गर्न सक्दैँन । गर्नु पनि त कसरी जब जनता नै छैन ? तर अहिलेपनि सरकारी कर्मचारी र नेताहरुलाई जनताको करमा मोजमस्ती गरेर पुगेको छैन । यो देशको अवस्था कस्तो हुन्छ ? भनेर सबै जनता चिन्तित छन् ।

प्रकाशित :२०७९ माघ १५, आईतवार ०६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry