बढूवाको नम्बरमा किन सेवा अनुसार विभेद ?

 

Advertisement 1

बढुवा सिफारिस समितिले कासमूबाट कर्मचारीको बढुवा गर्दा पक्षपात गरेको देखिएको छ । प्रशासन सेवातर्फका कर्मचारीको बढूवा गर्दा शत प्रतिशत अंक दिएको मूल्यांकन समितिले लेखापरीक्षण समूहका कर्मचारीको बढूवा सिफारिस गर्दा ९२ भन्दा तल अंक दिएको विवरण सार्वजनिक भएको छ ।

नेपाल प्रशासन सेवातर्फबाट २८,लेखा समूहतर्फका ५ जनाका अधिकृतलाई उपसचिवमा बढूवा सिफारिस गर्दा शतप्रतिशत अंक दिएको बढूवा सिफारिस समितिले लेखापरीक्षण समूहतर्फका राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीहरुलाई राजपत्राङ्कित द्वितीय श्रेणीमा उकाल्नका लागि सिफारिस गर्दा ९२ भन्दा तल अंकभार दिएको हो ।
सोमबार ३३ जना अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गर्दा सबैलाई शत प्रतिशत अंक दिइएको छ । शत प्रतिशत अंकसहित बढूवा सिफारिस गरेको हो । कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस भएकामध्ये २८ जना सामान्य प्रशासन समूह र ५ जना लेखा समूहका रहेका छन् ।उनीहरु सबैले शत प्रतिशत अंक पाएका छन् ।

Advertisement 2

सामान्य प्रशासन समूहअन्तर्गत बाबुकृष्ण ढकाल, सीताराम खड्का, मुक्तिनाथ सुवेदी, जिवनचन्द्र राई, राजेधरी खत्री सापकोटा, धर्मगुज न्यौपाने, ओमप्रसाद पाण्डे, अर्जुनबहादुर थापा, पदमलाल लामिछाने, किरणनिधि तिवारी, माधवप्रसाद अधिकारी, बसन्त न्यौपाने, दत्तराज हमाल, कैलासबहादुर ठकुराठीको सिफारिस गरिएको छ ।

Advertisement 3

त्यस्तै, दीपकप्रसाद न्यौपाने, जगदीश अर्याल, लोकप्रसाद रेग्मी, जित्तबहादुर भण्डारी, नारायणप्रसाद भट्टराई, कृष्णप्रसाद पौडेल, कमलप्रसाद पुन, पदमप्रसाद अर्याल, नारायण न्यौपाने, ढुविन्द्रप्रसाद बराल, पुरुपोत्तम घिमिरे, अधिनकुमार पोखरेल, पवनराज कोइराला र महेन्द्र विश्वकर्माको पनि सिफारिस गरिएको हो ।

लेखा समूहअन्तर्गत राजनकुमार फुयाल, थमनारायण शर्मा, मार्कण्डप्रसाद बराल, वीरेन्द्रप्रसाद घिमिरे र भुपेन्द्रबहादुर मल्लको सिफारिस गर्दा ३३ जनालाई नै शतपतिशत अंक दिइएको थियो ।
यस्तै बढूवा सिफारिस समितिले मंगलबार थप ७ जना अधिकृतलाई उपसचिवमा बढूवा सिफारिस गरेको छ,लेखापरीक्षण समूहका । अधिकृतहरु कृष्ण प्रसाद पौडेल, चेत बहादुर पण्डित, वैभवदीप श्रेष्ठ, सिर्जना रिमाल, प्रमोद कुमार मण्डल, नृपराज जोशी, नमुना पाण्डे बढूवाका लागि सिफारिस हुँदा सबैलाई ९२ प्रतिशत भन्दा तल अंक दिइएको हो ।

बढूवा सिफारिस समितिको अध्यक्षमा लोकसेवा आयोगको अध्यक्ष रहन्छन् । उनले तोकेको एक जना सदस्य,मुख्यसचिव र मुख्यसचिवले तोकेको एक जना सदस्यसहित सदस्य सचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

जानकारहरुले भने,निजामती सेवामा १२ बर्ष भन्दा बढी समय व्यतित गरिसकेकाको हकमा शत प्रतिशत अंक आउने र कुनै सेवा समूहमा ६ देखि ७ बर्षमै कासमूबाट बढूवा अंक कम हुने तर्क गरेका छन् । कुनै सेवामा १२ बर्षसम्म पनि बढूवा नहुने र कुनै सेवा वा समूहमा छिटो छिटो बढूवा हुँदा समस्या परेको कर्मचारीहरुको तर्क छ ।

प्रकाशित :२०७९ माघ ११, बुधबार ११:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry