सामान्य प्रशासन मन्त्रालय माओवादीलाई, को बन्दैछन् मन्त्री ?

सत्ता साझेदार दलमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंगो लगाएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय माओवादी केन्द्रले लिने सहमती भएको छ ।

Advertisement 1

माओवादी केन्द्रले प्रधानमन्त्री सहित ५ वटा मन्त्री पाउने तय भएको छ । यस्तै एउटा राज्यमन्त्री पनि माओवादी केन्द्रले पाउने एक नेताले जानकारी दिए । माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने भएको छ । एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय रास्वपाले गृह, शिक्षा र श्रम राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद र जनमतले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

Advertisement 2

 

प्रकाशित :२०७९ माघ ३, मंगलवार ०९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry