सहकारी क्षेत्र सम्पत्ति शुध्दिकरणको थलो बन्न नहुने
सहकारी अभियन्ताहरुले सहकारी क्षेत्र सम्पत्ति शुद्धिकरणको थलो बन्न नहुने बिषयमा जोड दिएका छन् ।
Advertisement 1
राष्ट्रिय सहकारी महासंघको ३०औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा आज बोल्ने अधिकांश सहकारी क्षेत्रका अगुवाहरुले सहकारी क्षेत्र सम्पत्ति शुद्धिकरणको थलो बन्न नहुने बिषयमा जोड दिएका हुन ।
साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहकारी माटोदेखि मुखसम्म जोडिनुपर्ने बताएका छन् ।
सहकारी अर्थतन्त्रको एउटा खम्बा रहेकाले उत्पादन, ढुवानी, वितरण, उपभोगसम्म जोडिनुपर्ने उनको भनाई थियो । सहकारी मूल्य शृखला प्रभावकारी रुपमा उत्रिएको खण्डमा विचौलियाको अन्त्य हुने समेत बताए । उनले राज्यले सहकारीलाई उचित सम्बोधन गर्नुपर्ने बताए ।
‘तीन खम्बे अर्थतन्त्र भन्ने र एउटा खम्बालाई चल्लाको खुट्टा जस्तो अर्को खम्बालाई हात्तीको खुट्टा जस्तो बनाएर अर्थतन्त्र मजबुद हुँदैन’, उनले भने, ‘तीनवटै खम्बा बलियो बनाउने नीति तथा कार्यक्रम सरकारको हुनुपर्छ । त्यसलाई बजेटमा समावेश गर्न पनि कन्चुस्याई गर्नुहुँदैन ।’
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले मन्त्रालय र सहकारी अभियान एउटा डुङ्गामा उभिएकाले अभियान सफल हुँदा मन्त्रालय पनि सफल हुने बताए ।‘सहकारी अभियानलाई भरोसायोग्य क्षेत्रका रुपमा रुपान्तरण गर्न हामी सबै लागि पछौं । जोखिम न्युनिकरण गर्दै जानुपर्ने छ’, उनले भने ।
उनले अव बचत तथा कर्जा सहकारीमा वचत कर्ताको वचत सुरक्षा र वित्तीय सहकारी सुरक्षित र भरोसायोग्य हुनु पर्ने र यसको लागि सहकारीका सवै नेतृत्वले आचार संहिताको पूर्ण पालना गर्नु पर्ने बताए । उनले अव सहकारी क्षेत्र सम्पत्ति शुद्धिकरणको थलो बन्न नहुने भन्दै सम्पत्ति शुद्धिकरण निवारणमा सहकारी अभियानले प्रतिबद्धता व्यक्त गर्ने विश्वास समेत व्यक्त गरे ।
उनले अव बचत तथा कर्जा सहकारीमा वचत कर्ताको वचत सुरक्षा र वित्तीय सहकारी सुरक्षित र भरोसायोग्य हुनु पर्ने र यसको लागि सहकारीका सवै नेतृत्वले आचार संहिताको पूर्ण पालना गर्नु पर्ने बताए । उनले अव सहकारी क्षेत्र सम्पत्ति शुद्धिकरणको थलो बन्न नहुने भन्दै सम्पत्ति शुद्धिकरण निवारणमा सहकारी अभियानले प्रतिबद्धता व्यक्त गर्ने विश्वास समेत व्यक्त गरे ।
राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु भएको बताउँदै राज्यसँग हालेमालो गरेर अभियान अगाडि बढ्ने बताए । महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले नेपालको संविधानमा सार्वजनिक, निजीसरह सहकारीलाई समान अवसर दिएको र विश्वका विभिन्न देशले अनुशरण गर्न थालेको बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले मन्त्रालय र सहकारी अभियान एउटा डुङ्गामा उभिएकाले अभियान सफल हुँदा मन्त्रालय पनि सफल हुने बताए । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी एकीकरणलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने बताए । ‘सहकारीको सुदृढिकरणका लागि केन्द्रीय संघहरुबाट विभागले काम थाल्ने समेत बताए ।
महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी अभियानले दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान गर्ने बताए । वर्तमान अवस्थामा सहकारीलाई तरलता व्यवस्थापनमा राज्यलाई सहयोग गर्नुपर्ने समेत बताए ।
प्रकाशित :२०७९ पुष २७, बुधबार १८:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%