कुमारी बैंकको जनबाहल, भेडासिंह शाखा सञ्चालन
कुमारी बैंक लिमिटेडले आफ्ना शाखा विस्तार गर्ने क्रममा काठमाडौंस्थित वडा नं.२५ मा रहेको जनबाहल, भेडासिंह शाखा सञ्चालनमा ल्याएकोे छ ।
Advertisement 1
काठमाण्डौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले उक्त शाखाको उद्घाटन गरेका थिए ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएको छ ।त्यस्तै, आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको बैंकले जनाएको छ ।
Advertisement 2
बैंकले आफ्ना देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई निरन्तर बैंकिङ्ग सेवा दिदै आएको छ ।
प्रकाशित :२०७९ पुष २६, मंगलवार १०:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%