समानुपातिकमा पहुँचवाला नेताका श्रीमती,आफन्तदेखि व्यापारी हावी

राजनीतिक दल र तिनका नेताहरुले समानुपातिक प्रणालीको चरम दुरुपयोग गरेको भेटिएको छ ।

Advertisement 1

समानुपातिक प्रतिनिधित्व पहुँचवालाका श्रीमती,व्यापारी,बदनामी पृष्टभूमिका व्यक्तिहरुलाई मनोनयन गरिएसँगै समानुपातिक प्रणालीमा विकृती देखिएको हो ।
संसवधानले राज्यको मूल प्रवाहसम्म पुग्न नसकेका जाति, वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको भए पनि नेपाली कांग्रेसले समानुपातिकतर्फ समानुपातिकमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा,गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु,एमाले उपाध्यक्ष बादल पत्नी नैनकला थापा,महासचिव शंकर पोखरेलको बहिनी मेनुका,अशोक राईको पत्नी सुशीला,रिजवान अन्सारीको पत्नी विमलाको नाम सिफारिस भएको छ ।

नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँण सहित प्रभावशाली महिलालाई सामानुपातिक सांसद बनाउने भएको छ ।

Advertisement 2

यस्तै नेकपा एमालेले एमाले उापध्यक्ष रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापादेखि महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी पोखरेलदेखि क्रिष्चियन धर्म प्रचारक भनेर चिनिएका परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई पनि समानुपातिक सांसदका लागि अवसर दिएको छ ।
काँग्रेस छाडेर रारातात एमाले भएका प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनले पनि यो अवसर भेटेका छन् ।

यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)ले समानुपातिकमा संघीय परिषद अध्यक्ष अशोकको पत्नी सुशीला श्रेष्ठलाई यो अवसर दिएको छ ।

Advertisement 3

यता,नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मुहम्मद रिजवान अन्सारीले समानुपातिक सांसदमा आफ्नी श्रीमती विमला अन्सारीलाई माननीय बनाउन खोजेपछि लफडा पैदा भएको छ ।

यस्तै कारण विवादमा छ,घण्टी पार्टी । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुक ढकालले आफ्नो गुरुमालाई गुरु दक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिँदा आफू र अर्का दीपक बोहोरा सांसद हुन नसकेको गम्भीर आरोप लगाएका छन्।

उनले १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन हुँदा खस आर्य खुलातर्फ दोस्रो नम्बरमा आफू र दीपक बोहोरा तेस्रो नम्बरमा रहेको उल्लेख गरेका छन्। खस आर्यमा पार्टीले डा चन्दा कार्की र डोलप्रसाद अर्यालको नाम चयन गरेको थियो। यस अगाडि दलिततर्फबाट दुबै जना पुरुष पठाएकोमा कल्पना रोक्काले असन्तुष्टि जनाइसकेकी छिन्।

 

प्रकाशित :२०७९ मंसिर २५, आईतवार ०७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry