आन्तरिक राजश्वका हाकिम परिवर्तन,भन्सारका महानिर्देशक यथावत

काम चलाउ सरकारका अर्थमन्त्री जनार्दन शर्माले धमाधम एक पछि अर्काे महत्वपूर्ण निर्णय गर्न थालेका छन् । सोमबारमात्र सात वटा लघुवित्त कम्पनीलाई लाइसेन्स बाढ्ने निर्णय गरेको अर्थ मन्त्रालयले मंगलबार फेरि एउटा महत्वपूर्ण विभागको महानिर्देशक परिवर्तन गरेको छ ।

Advertisement 1

अर्थमन्त्री जनार्दन शर्माले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै सार्वजनिक ऋृण व्यवस्थापन कार्यालयमा कार्यरत  दीर्घ मैनालीलाई राजश्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा खटाएको हो ।

विभागको महानिर्देशक रहेका रितेश शाक्यलाई अर्थ मन्त्रालयमा तानिएको छ । अर्थमन्त्री शर्माले गत कार्तिक तेस्रो साता आन्तरिक राजश्व र भन्सार विभागको हाकिमहरुको सरुवा गर्न खोजेका थिए ।

Advertisement 2

यता भन्सार विभागको महानिर्देशक परिवर्तन गर्ने सन्र्दभमा भने आज कुनै निर्णय नगरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री शर्माले भन्सारका हाकिम कमल भट्टराईलाई अर्थमा तानेर चक्रबहादुर बुढालाई त्यहाँ पठाउन चाहेका छन् ।

प्रकाशित :२०७९ मंसिर १३, मंगलवार १९:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry