सिलवाल-दाहाल को होला मालमाल ?
अञ्जन कुमार हिमाली
Advertisement 1
पुरापुर एघार बर्ष पनि टेकेका थिएनन् कि ०३६ सालमा निर्दल र बहुदल बीचको जनमत संग्रह हुँदा । राजनीति चेतको अभाव कै बीच पनि बहुदलको पक्षमा लाग्दा तत्कालीन शासकका नाजी द्वारा खाएको भरमार कुटाई नै राजनीतिक यात्राको पहिलो खुड्किलो बन्यो कृष्ण प्रसाद सिलवाल लागि ।
५ बर्षकै उमेरमा पिता गुमाउनुको पीडानुभूति कस्ले गर्न सक्ला र ? गरिवीको पर्दा उघार्दै उमेरमै बिधवाको पीडालाई लुकाएर आमा ललितादेबी सिलवालले बाबु र आमा दुबैको जिम्मेवारी एउटै काँधमा उठाइन ।
Advertisement 2
भनिन्छ नि ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल ०२५ सालमा जन्मिएका कृष्ण प्रसाद सिलवाल वकालतसँगै राजनीतितिर लागे । तत्कालीन समाज, एकल महिलाप्रति हेर्ने दृष्टि । भनीसाध्य थियो होला र ? सामन्ती समाजकोविरुद्ध लड्न, समतामूलक समाजको निर्माण गर्न पनि उनी कम्युनिस्ट बने । कानुन पढे । अधिबक्ता बने । आफूले पाएको डिग्रीलाई बिनिमयको साधन बनाएनन निशुल्क समाज सेवामा लगाए ।
Advertisement 3
अहिले चितवन २ (ख) बाट निर्वाचन लड्दै छन् । प्रतिस्पर्धामा छन् माओबादी अध्यक्षका भाइ घनश्याम दाहाल । बाग्मती प्रदेशका मन्त्री समेत रहेका दाहाल कै चुनाबी सारथि थिए उनै सिलवाल २०७४ को निर्वाचनमा ।
अघिल्लो निर्वाचनमा दाहाल एमालेको पिठ्युँमा उभिएर चुनाव जितेका थिए । सानै उमेरदेखि आन्दोलनमा होमिएका कृष्ण प्रसाद सिलवाल ०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा होस् वा ०६२/ ०६३ को गणतन्त्र प्राप्तिको आन्दोलनमा सिलवाल अग्रभागमा थिए ।
कम्युनिष्ट पार्टी सदस्य प्राप्त गरेको तीन बर्षमै ०५० सालमा चितवन जिल्ला कमिटी सदस्य बनेका उनी ०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन दारेचोक गाबिसको उपाध्यक्षमा अत्यन्तै लोकप्रिय मतले बिजयी बने ।
पार्टी र जनता प्रतिको बफादारितामा आँच आउन दिएनन् । पार्टी संकटका बेला बिचलित भएनन् । सतिसाल झैँ खडा भए । चौतर्फी घेराबन्दीमा पनि उनी इमान्दार पहरेदार बने ।
इच्छाकामना गाउँपालिकाको पार्टी अध्यक्ष बने लगत्तै पालिकामा स्थानीय निर्वाचनमा एमालेलाई बहुमत सहित बिजय गराउन सफल भए । सार्वजनिक सम्पत्तिको दोहन गर्ने आफ्नै कुल भित्र लडाइँ लडे । अनेकौं मुद्दा खेपे । चितवनका हरेक ग्रामीण बस्तीसँग मितेरी लगाए । हरेक नागरिकको दु:ख सुखमा सामेल भए । लामो संघर्षको यात्रा गुजारेपछि चितवन २ (ख) बाट प्रदेश माननीयको टिकट पाए ।
नागरिकको आग्रह थियो तपाई टिकट ल्याउनु जिताउने जिम्मा हाम्रो भो भनेर । अहिले यो भेगका जनताको हर्ष सीमा छैन । उत्साहित छन् । बिजय सुनिश्चित छ कारण उनको क्षेत्रमा पर्ने कालिका नगरपालिका एमाले बिजयी बनेको छ ।
उनको आफ्नै पालिका इच्छाकामनामा अहिले एमाले कै पकड छ । भरतपुर महानगरका तीनवटा वडामा पनि एमाले कै बर्चस्व छ ।गठबन्धनका उम्मेदवारहरुमा मेल छैन । टुरिष्टको आरोप छ । घण्टी पार्टीकाले पनि प्रदेशमा सिलवाललाई नै मत दिने देखिन्छ । खरो मिजासका यथार्थबादी भएकै कारण लोकप्रिय बनेका कृष्ण प्रसाद सिलवालको बिजयलाई कसैले छेक्न नसक्ने एमाले कार्यकर्ता तथा कालिका नगरपालिका कि कार्यपालिका सदस्य ज्योति सुनुवारको दाबी छ ।