मतपेटिका साटिन्छ भनेर कल्पना पनि नगरौंः प्रमुख आयुक्त थपलिया

 

Advertisement 1

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन्। आइतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँगको सामुहिक छलफलमा उनले यस्तो बताएका हुन्।

आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्याउँदै थपलियाले आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने दृढतासमेत व्यक्त गरे।

Advertisement 2

सेक्युरिटी कोडका आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने उनले स्पष्ट पारे।

‘मैले करिव ४० वर्षदेखि सार्वजनिक क्षेत्रमा काम गर्दै आएको छु । मेरो अनुभवले अहिले आएर हेर्दा यो मतपेटिका कसरी साटिँदो रहेछ भन्ने तरिका जान्दै नजानिकन मेरो यो पद सकिन्छ कि भन्ने मलाई डर छ,’ उनले भने ‘म यसलाई प्रष्ट पारौं। मतदान कसरी सम्पन्न हुन्छ भन्ने बारेमा मैले भन्नैपर्ने हुन्छ। मटपेटिका कसरी साटिन्छ आखिर हिजो त भए छ नि१ मैले त्यो दिव्यज्ञान प्राप्त गर्न सकेँ भने त्यस्तो हुन नदिने कुराको ग्यारेन्टी गर्छु, जुनसुकै मूल्य चुकाउन परोस्, तर त्यो दिब्यज्ञान कहीँबाट प्राप्त होस्।’

Advertisement 3

करिब १० प्रतिशत मतपत्र बढी छापिने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले त्यो हरेक निर्वाचन क्षेत्रमा बाँडेर पठाइने बताए।

एउटा मतदान केन्द्रमा अनुमानित एक हजार मतदाता हुने गरेको जानकारी दिँदै उनले त्यहाँ ११ सय मतपत्र आयोगले पठाउने बताए। यस्तो अवस्थामा मतपत्र साटिने सम्भावना नरहेको उनले दाबी गरे।

‘कुनै मतपत्र च्यातिन सक्छ। कुनै टुटेको हुन सक्छ। टुटफुट सबै हेरेरै पठाउने हो। त्यति हामीले पठाउँछौं,’ उनले भने ‘यहाँबाट मतपत्र छापिन्छ । अहिले निर्वाचन अधिकृतको कार्यालयमा गएको छ। त्यसपछि त्यो मतदान केन्द्रमा निर्वाचन अधिकृतले लिएर जान्छन्। र, यो सबै छरिन्छ।’

हरेक ठाउँका मतपत्र फरक–फरक हुने र प्रत्येक मतपत्रमा फरक फरक सेक्युरिटी कोड हुने उनले जानकारी दिए।

‘त्यस्तो कोड हामीले गोप्य डायरीमा लेखेका हुन्छौं त्यहाँको मतपत्रमा त्यस्तो सेक्युरिटी कोड हुन्छ भनेर जानकारी हुन्छ। ‘सम्झनुस्, कसैले मतपेटिका फेर्यो भने के खाली मतपेटिका फेर्ने कि हालेको मतपेटिका फेर्नेरु त्यो मतपत्र कहाँ हुन्छ र हाल्नेरु’, उनले प्रश्न गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले निर्वाचनमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको बताए। उनले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागिपरेको समेत बताए।

थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गरे। त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने उनको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरूको अनुभवलाई आत्मासात गरेर अघि बढनेसमेत बताए।

निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षक परिचालन गर्ने योजना रहेको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तीमा एकजना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको सुनाए।

प्रकाशित :२०७९ कार्तिक २१, सोमबार ०५:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry