‘कर्मचारीलाई छोएर मात्र हेर, त्यसको हिसाबकिताव हुन्छ’
नेपाल कम्युनिष्ट पार्टी नेकपा (बहुमत)का अध्यक्ष प्रचण्डले कर्मचारी लगायतलाई आन्दोलनमा नजान भन्दै सरकारका मानिसहरूले धम्की दिने गरेको पाइएकोले त्यसो भएमा जनताको सरकारले कारबाही गर्ने चेतावनी दिएका छन् ।
Advertisement 1
सरकारका मान्छेहरुले कर्मचारी र पेशाकर्मीहरूलाई प्रचण्ड माधव पक्षले गरेको आन्दोलनमा सहभागी हुनेहरूलाई रेकर्ड राख्नेदेखि कारबाही गर्ने भनेर धम्की दिएको समेत आफूले सुनेको उल्लेख गरे ।
कर्मचारीलाई कार्यालय समयमा बाहिर जान नदिन सरकारका सहसचिव र सचिवलाई निर्देशन दिइएको थियो । निर्देशनको ववाजुत पनि कर्मचारीहरु उल्लेख्य संख्यामा सडकमा उपस्थिती भएका थिए ।
एउटालाई छोएर देखाऊ भन्दै चुनौती दिएका छन् । साथै उनले कर्मचारीलाई नडराउन पनि आग्रह गरे। उनले भने,‘ओली सरकारले कर्मचारीलाई लोकतन्त्रका पक्षमा आवाज नउठाउन खबरदारी गरिरहेको छ, मण्डलेकरण देखाइरहेको छ’– प्रचण्डले चेतावनी दिंदै भने– कर्मचारीलाई छोएर मात्र हेर, त्यसको हिसाबकिताव हुन्छ ।
Advertisement 2
‘तपाईंहरूलाई छिसिक्क एउटा रौं पनि हल्लियो भने पनि त्यसको संरक्षण हामी गर्नेछौं ।
यता माधव प्रचण्ड पक्षधर कर्मचारीहरुलाई तर्साएको ओली सरकारले आफ्ना पक्षधर कर्मचारीहरुको भेला चाहिँ कार्की ब्याक्वेटमा दिँउसो १ बजेबाट (पेशागत विशेष जिल्ला कमिटीको ) भेला राखिएको थियो ।
Advertisement 3
अध्यक्ष प्रचण्डले भने–ओली सरकारको दबाबमा परी विभिन्न मन्त्रालयका सहसचिव र सचिवहरुले कर्मचारीहरुलाई कार्की ब्यांक्वेटमा जानका लागि निर्देशन दिएका छन् । त्यसको पनि हामीले हिसाबकिताव राखेका छौंं ।