६०औं वार्षिकोत्सवपछि साल्ट ट्रेडिङको यात्रा

पहिले नेपालमा निजी क्षेत्रले अत्यावश्क वस्तु नुनको आपूर्ति गथ्र्यो । नेपालमा निजिकरण हुनुभन्दा अघि केही निश्चित व्यावसायीलाई भारतबाट नुन आयात गरी आपूर्ति गर्ने अनुमति सरकारले नै दिएको थियो । सोही अनुसार नेपालमा व्यवसायीहरुले नुनको आपूर्ति गथ्र्ये ।

Advertisement 1

तर, मुलुकका सबै ठाउँमा सडक समेत नपुगेको साक्षरता समेत उल्लेख्य नभएका कारण सबै ठाउँमा नेपाली व्यवसायीले नुन पुर्याउन सकेनन् । सोही सेरोफेरोमा तत्कालीन राजा महेन्द्र पूर्वी नेपालको भ्रमणमा निस्किए । पूर्वी नेपालको भ्रमणका क्रममा सर्वसाधारणले प्रशस्त मात्रामा नुन उपलब्ध नभएको गुनासो राजा महेन्द्रलाई गरे ।

त्यहाँबाट फर्केपछि राजा महेन्द्रले पूर्वी नेपालमा कसरी नुन पुर्याउन सकिन्छ भनेर छलफल गरे । त्यसै पृष्ठभुमीमा खडा गरियो नुनको आपूर्ति गर्ने सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेसन ।

Advertisement 2

अहिले साल्ट ट्रेडिङ कर्पोरेसनले नुनसँगै खाना पकाउने ग्यासको समेत आपूर्ति गर्दै आएको छ । संकटमा उपभोक्ताले साल्टको मुख ताक्ने गरेका छन् । यसको उदाहरण २०७२ सालमा भारतले लगाएको नाकाबन्दीलाई लिन सकिन्छ ।

नेपाल विरुद्ध भारतले नाकाबन्दी गरेपछि नेपालमा पेट्रोलियम पदार्थ, ग्यास लगायतका अत्यावश्यक वस्तुको हाहाकार मच्चियो । नाकाबन्दीका कारण ग्यासको आयात नै कम हुन थाल्यो । आयात भएको ग्यास पनि व्यवसायीले लुकाउन थाले । ग्यासको कालोबजारी मौलायो । सोही बेला थोरै भएपनि अभावमा मलम लगाउने काम साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो । एसटीसी ब्राण्डको ग्यास आपूर्ति गर्दै आएको कर्पोरेसनले थोरै भएपनि उपभोक्तालाई राहत दियो । व्यवसायीले जस्तै ग्यासको मूल्य बढाएन ।

Advertisement 3

कुनै अन्तर्राष्ट्रिय कारणले ग्यास लगायतका पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भयो भने त्यसैको बाहनामा व्यवसायी नेपालमा पनि सो वस्तुको मूल्य बढाउने, कालो बजारी गर्ने क्रियाकलाप गर्छन् । तर, त्यस्तै किसिमको संकट आएका बेला कर्पोरेसनले भने संयमता अपनाउने गरेको छ ।

आयोडिनयुक्त नुन आपूर्तिको एकल अधिकार पाएको कर्पोरेसनले नाकाबन्दी होस् अथवा कोभिड महामारी होस् सहज आपूर्ति गर्दै आएको छ । साल्ट ट्रेडिङ कर्पाेरेसनका अधिकारीहरुको भनाइमा कपोएरेसन आफूलाई दिइएको अत्यावश्यक वस्तुको सहन आपूर्तिमा अब्बल छ ।

कर्पोरेसनले ग्यास, नुनसहित सरकारी अनुदानमा चिनी पनि आपूर्ति गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा चिनी तथा चिनीजन्य वस्तुको मूल्यमा उथलपुथल हुने कुनै कारण देखिएमा त्यसबेला नेपालका व्यवसायीले चिनीको मूल्य बढाउने, लुकाउने बहाना पाउँछन् । त्यसै समयमा चिनी बजारमा हस्तक्षेप गर्छ कर्पोरेसनले ।

व्यवसायीले चाहेअनुसार चिनीको मूल्य बढाउन पाउँदैनन् । पछिल्लो समय सरकारले उपलब्ध गराएको अनुदान रकममै कर्पोरेसनले रासायनिक मल पनि आयात गर्दै आएको छ ।

अनि भयो कण्ठरोग अन्त्य

साल्ट टेड्रिङ कर्पोरेसन २०२० भदौ २७ मा स्थापना भएको हो । सोमबार ६०औं वार्षिकोत्सव मनाएको छ । ६ दशकको यात्रा पार गर्न विभिन्न चुनौती सामना गर्दै आएको छ । गत वर्ष मात्रै तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोति दुगडले साल्ट ट्रेडिङले गर्दै आएको नुनको एकल कारोबारमा हस्तक्षेप गर्ने कोसिस गरेका थिए ।

दुगडले आफ्नो उद्योगले आयात गर्दै आएको नुनको कारोबार आफूले आधिकारिक रुपमा गर्न पाउने गरी आर्थिक वर्ष २०७८/७९को बजेटमा उल्लेख गराएका थिए । यद्यपि सञ्चारमाध्यमको विरोधका कारण कार्यान्वयनमा आउन पाएन । दुगडको कम्पनीले नुनको कारोबार गर्न पाएको भए कर्पोरेसनको व्यापार त खस्किन्थ्यो नै । उपभोक्ताले पनि अत्यावश्यक वस्तु नुनको चर्को मूल्य तिर्नुपथ्र्यो ।

पछिल्लो समय सरकारमा व्यवसायीको प्रवेशका कारण यस किसिमका चुनौती कर्पोरेसनले बेला बेला झेल्नु परेपनि नेपालमा गलगाँड (कण्ठ रोग)को अन्त्य गराउने जस साल्ट ट्रेडिङ कर्पोरेसनलाई नै जान्छ । देशका सबै ठाउँमा यातायातको सुविधान नपुगेको ठाउँमा आयोडिनयुक्त नुन नपुग्न कुनै अस्वभाविक थिएन ।

आयोडिनयुक्त नुनको अभावमा हुने कण्ठरोग लगायतका रोग देखिन थालेपछि सरकारले २०३० सालमा आयोडिनयुक्त नुन उपलबध गराउने नीति लियो ।

सो समयमा गरिएको एकअध्ययन अनुसार ५२ प्रतिशत भन्दा बढी जनसँख्या आयोडिनको कमीका कारण हुने कुनै न कुनै रोगबाट प्रभावित थिए । आयोडिनयुक्त नुनको अभावमा हुने त्यतिबेलाका रोगहरु सुस्तमनस्थिति देखिने, गर्भवती महिलालाई आयोडिनको कमीका कारण बच्चा तुहिने, गलगाँड हुने लगायतका रोग त्यतिबेला देखिएका थिए ।

त्यसलाई रोक्नुपर्ने बाध्यता तत्कालीन सरकारलाई थियो । नुनमा आयोडिन मिसाएर उपलब्ध गराउन नेपाल सरकारले भारत सरकारसँग सहकार्य ग¥यो । साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिन मिसिएको नुन आपूर्ति गर्न थाल्यो । त्योसँगै आयोडिनको कमीका कारण देखा पर्ने रोगमा कमी आउन थाल्यो ।

करिब ६ वर्षअघि २०७३ सालमा गरिएको एक अध्ययनले आयोडिनको कमीका कारण जनस्वास्थ्यमा देखिने समस्या करिब करिब पूर्ढा रुपमा हटेको पाइयो ।

अध्ययनले ९४ दशमलव ५ प्रतिशत नागरिकमा आयोडिनयुक्त नून पुगेको पाइयो । कतिपयले नुन विक्रीमा साल्ट ट्रेडिङ कर्पोरेसनको एकाधिकार भनेर गलत व्याख्या गर्छन् । लामो समयदेखि सस्तोमा सरकारले तोकेकै मूल्यमा गुणस्तरिय नुन उपलब्ध गराइरहेको संस्थाको जिम्मेवारीलाई त्यसरी अथ्र्याउन नमिल्ने कर्पोरेसनका अधिकारी बताउँछन् ।

अबको यात्रा

कर्पोरेसनले आगामी दिनमा एसटीसी ब्राण्डको खानेतेल उत्पादन गर्ने तयारी गरेको छ । सोमबार आयोजित ६०औं वार्षिकोत्सवमा सो जानकारी गराइएको हो ।

कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेसनले अबका दिनमा आफ्नै ‘एसटसिी’ ब्राण्डको तेल उत्पादन गर्ने बताइन् ।

उपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउने उद्देश्यले हेटौंडास्थित नेपाल वनस्पती उद्मोग लिमिटेडबाट तोरीको तेल उत्पादन गर्ने तयारी रहेको उनले बताइन् ।

प्रकाशित :२०७९ भाद्र २८, मंगलवार ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry