रेखाको रहर,ज्ञानेन्द्रको हठ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राष्ट्रिय पार्टी मात्र नभएर देशकै ठूलो पार्टी बन्ने बताउनु भएको छ । ललितपुर जिल्ला कार्यसमितिले महालक्ष्मी नगरपालिकामा आयोजना गरेको जिल्ला स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

Advertisement 1

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका लिङ्देनले देश निर्वाचनको सँघारमा भएकाले त्यसैलाई ध्यानमा राखेर देशव्यापी रूपमा प्रशिक्षण कार्यक्रम भइरहेको बताउनु भयो । उहाँले ‘हाम्रो पार्टी पहिला ठूलो थियो,अहिले झन झन खिइँदै गएको छ, कार्यकर्ताहरू अरू पार्टीका कार्यकर्ताजस्तै खटिइँदै आए पनि हामी किन सफल हुन सकेका छैनौँ ? यसको कारण खोज्न पनि प्रशिक्षण जरुरी रहेको’। बताउनु भयो।

लिङ्देनले कार्यकर्तालाई प्रशिक्षण दिँदै भन्नुभयो, ‘ सिक्ने क्रम कहिल्यै पनि पूरा हुँदैन,जीवनको अन्तिम क्षणसम्म पनि चलि नै रहेको हुन्छ, मलाई महाधिवेशनले अध्यक्ष बनायो भन्दैमा राप्रपा पार्टीको सबैभन्दा जान्ने मान्छे मै मात्रै हो त ? होइन,अध्यक्ष पद मात्र हो,म भन्दा अग्रज जान्ने व्यक्ति अरू पनि हुनुहुन्छ,सबैले सबैसँग सिक्न लजाउनु हुँदैन ।’

Advertisement 2

आफ्नो पार्टी नेपालमा राजसंस्था र हिन्दु राष्ट्र जरुरी छ भनेर हिँडेको बताउँदै लिङ्देनले,’कहिलेकाहीँ कसैले राजसंस्था र हिन्दु राष्ट्रको बारेमा प्रश्न गर्दा उत्तर दिन सक्नु पर्दछ , हामी आफू मात्र कन्भिन्स भएर हुँदैन अरूलाई पनि हाम्रा मुद्दाहरूको बारेमा बुझाउन सक्नु पर्दछ,’ भन्नुभयो। कार्यकर्तालाई आफूले मात्र राप्रपामा मतदान गरेर पुग्दैन अब अरूलाई पनि मतदान गराउन सक्ने हिसाबले लाग्न निर्देशनसमेत दिनुभयो । अहिले राप्रपा ठूलो अग्नि परीक्षामा रहेको जनाउँदै लिङ्देनले,राप्रपा असफल हुनु भनेको राष्ट्र असफल हुनु हो ,देश पनि पछाडि पर्नु हो ,त्यसैले हामी सफल हुन सबैसँग सहकार्यको जरुरी छ, जनतासामु हाम्रो बिचार पुर्‍याउनु जरुरी छ ।’ भन्नुभएको हो।

मङ्सिर ४ गते हुने निर्वाचनमा को उम्मेदवार बन्दा भोट आउँछ उसैलाई प्राथमिकतामा राख्नु पर्ने उहाँको भनाई छ। ‘ पार्टीमा कसले कति योगदान दियो भन्ने कुरा मङ्सिर ४ गतेको मत परिणामले बताउने भन्दै राप्रपालाई पहिलो पार्टी बनाएर देशको नेतृत्व लिने हैसियतमा पुर्‍याउन कार्यकर्तालाई आग्रह गर्नु भयो ।

Advertisement 3

पार्टीभित्रको चुनावी प्रसङ्ग कोट्याउँदै लिङ्देनले कतिपय नेता प्रत्यक्षमा मात्रै उठ्ने भन्दै हिँडेको बताउनु भयो। नायिका रेखा थापालाई समानुपातिकमा उम्मेदवार बन्नु भन्दा ‘हुँदैन समानुपातिकलाई हेप्छन् ,प्रत्यक्षमै उठ्ने’ भन्ने जवाफ दिएको उहाँको भनाई छ।

लिङ्देनले ,’ जुम्लामा ज्ञानेन्द्र शाही एक्लै जित्छु भनेर हिँड्नु भएको छ जहाँ राप्रपाको ५ सय १४ मात्र भोट छ भने गठबन्धनको ३८ हजार मत छ,यस्तो अवस्थामा परिस्थिति फरक ढङ्गले अगाडि जानुपर्छ तथ्य र तथ्याङ्कको आधारमा उम्मेदवारी दिनुपर्छ ,’। भन्नुभयो ।

जिल्ला अध्यक्ष तथा सो कार्यक्रमका सभापति अष्टबहादुर महर्जनले देश निर्वाचनको माहौलमा छ,यो समयमा बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्दै राप्रपाको बिचार जनतासामु पुर्‍याउनु पर्ने बताउनुभयो ।

उहाँले ‘आफ्नो विचार जनतासामु पुर्‍याउन नसक्नु नै पार्टी कमजोर हुनु हो त्यसैले आगामी निर्वाचनमा हामी जनताको घर घरमा पुगी हाम्रो विचार मतदातासामु प्रस्तुत गरेर राप्रपालाई जिताउन आम कार्यकर्ताको प्रमुख उद्देश्य हुनुपर्छ ।’

कार्यक्रममा ललितपुर जिल्ला सचिव रघुवरराज थापा,केन्द्रीय सदस्य आनन्द अधिकारी, महालक्ष्मी नगर अध्यक्ष, कृष्ण खड्का,केन्द्रीय सदस्य तथा धर्मगुरु पुष्पराज पुरुष लगायत करिब ३ सय नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित :२०७९ भाद्र २७, सोमबार २०:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry