कांग्रेसबाट सर्वसम्मत सिफारिस भएका आठ अनुहार :- ज्युँदै इँटा भट्टामा मान्छे पोल्नेदेखि बदनाम ठेकेदारसम्म

नेपाली काँग्रेसले आगामी संघीय निर्वाचनका लड्नका लागि उम्मेद्धार सिफारिस गर्दा अनेकन विवादमा मुछिएका व्यक्तिलाई समेत सिफारिस गरेको पाइएको छ । काँग्रेसले हत्या अभियोगमा जेल सजाय भुक्तमान गरिरहेका व्यक्तिदेखि माफिया र ठेकेदारसम्मलाई उम्मेद्धार सिफारिस गरेको हो । तिनका हकमा सर्वसम्मत जिल्लाबाट सिफारिस भएको भेटिएको छ ।
काँग्रेसले हालसम्म आठ जिल्लाबाट सर्वसम्महत उम्मेद्धार सिफारिस गरेर पठाएको छ ।

Advertisement 1

नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिरहेको छ ।जसमध्ये विवादित र जेलमा रहेका व्यक्तिदेखि बदनाम ठेकेदारहरु समेत सिफारिस भएका छन् ।
काँग्रेसले सिफारिस गरेकामध्ये सबैभन्दा बढी आलोचना खेपिरहेका पात्र हुन मोहम्महद आफ्ताब आलाम,हाल नख्खु कारागारमा रहेका उनलाई नेपाली काँग्रेसले रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी सिफारिस गरेको छ। आलम विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा हाल ललितपुरको नख्खु कारागारमा छन् । प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिसमा परेका आलममाथि इँटा भट्टामा ज्युँदो मान्छे जलाएको आरोप छ ।

उनै आलमलाई काँग्रेसको रौतहट जिल्ला समितिले प्रमुख स्थानमा राखेर उम्मेदवारी सिफारिस गरेको हो । सिफारिसमा परेका अभियुक्त आलमको मुद्दा जिल्ला अदालत रौतहटमा विचाराधीन छ । काँग्रेसले सभापति शेरबहादुर देउवादेखि फष्ट लेडी आरजु देउवाको नाम समेत सिफारिस गरेको छ । कैलाली–५ बाट प्रथम महिला तथा केन्द्रीय सदस्य डा आरजु राणा देउवा, झापा १ बाट महामन्त्री विश्वप्रकाश शर्मा सर्वसम्मत सिफारिस भएका छन् । मेडिकल व्यवसायी सुनिल शर्माको नाम मोरङ ३ बाट सिफारिस भएको छ भने सुर्खेत–१ बाट पूर्णबहादुर खड्का सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । यस्तै राप्रपा त्यागेर रुखमुनी पसेका पूर्वसहमहामन्त्री सुनिलबहादुर थापा धनकुटाबाट सिफारिस भएका छन् भने रसुवाबाट क बर्गका ठेकेदार मोहन आचार्यको नाम सिफारिस भएको छ ।

प्रकाशित :२०७९ भाद्र १७, शुक्रबार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry