कोही किन सहसचिवमै खुम्चेर बस्न तयार हुन्छ ?

एकातिर लामो समयसम्म जागिर खाएर राज्यको स्रोत, सेवा सुविधा दोहन गर्ने लोभ अर्काेतिर पेन्सन सुविधाबाट बञ्चित हुने भय । यस्तै भयले डेरा जमाएकै कारण निजामती वृत्तमा यस्ता लुब्ध सहसचिव भेटिएका छन कि सचिव हुनुपर्ला भनेर तर्की तर्की हिड्ने ।
Advertisement 1
बरु आफूभन्दा जुनियरलाई हाकिम मान्न÷नमस्कार गर्न तयार तर आफू सचिव बन्न इन्कार । आफूभन्दा जुनियर तीन दर्जन सहसचिवहरु सचिवमा उक्लदासम्म आफू सह सचिवमै खुम्चेर बस्न तयार हुने यस्ता सहसचिवमध्ये अग्रपक्तिमा भेटिए बिरेन्द्र कुमार यादव । निजामती कर्मचारीहरुको हिसाब किताब राख्ने किताबखानका अनुसार बिरेन्द्र ६६ साल असोज ६ गते सहसचिवमा बढुवा भएका हुन । सहसचिवमा बढुवा भएको झण्डै १३ बर्ष बित्दा समेत सचिवमा बढुवा हुनका लागि अनिवार्य लिनुपर्ने एसईडीपी तालिम लिएका छैनन् ।
बर्षदिनदेखि उदयपुरको सिडियो बनेर प्रशासन चलाइरहेका छन् । उनीभन्दा जुनियर दिपक सुवेदी,चन्द्रमान श्रेष्ठ,हरि पौडेल,हरि प्रसाद बस्याल,सुरेश अधिकारी,तोयम राय,दिनेश भट्टराई,रामकृष्ण सुवेदी,एक नारायण अर्याल,अर्जुन पोखरेल,मान बहादुर विके,गोकर्णमणि दुवाडी,बिष्णुप्रासद नेपाल,मधु मरासिनी,वीर बहादुर राई,दामोदर रेग्मी,मधुसुदन बुर्लाकोटी,कृष्णहरि पुष्कर कर्ण,किरण शर्मा,मुकुन्द निरौला,रामेश्वर दंगाल,विनोद प्रकाश सिंह,दिपक काफ्ले,नारायण शर्मा दुवाडी लगायतका सचिवमा बढुवा भइसके । जसमध्ये केही सचिव त उमेर हद लागेर अनिवार्य अवकाशमा गइसकेका छन् । ०३१ साल असार १५ मा जन्मिएका बिरेन्द्र ०५६ सालमा निजामती सेवामा पाइला राखेका हुन । प्रशासन सेवाका सबैभन्दा वरिष्ठ सहसचिव भएर पनि उनी सचिव हुन नसक्नुको कारण हो उनी निजामती सेवा ऐन अनुसार सचिव हुनका लागि लिनैपर्ने एसइडिपी (सिनियर एक्जुकेटिभ डेभलप प्रोग्राम) तालिममा नलिनु ।
Advertisement 2
बिरेन्द्रझैं तालिम नलिनेमा अर्काे सहसचिव छिन्,राधिका अर्याल र लक्ष्मी बस्नेत । सचिवमा नियुक्ति भएको पाँच वर्षपछि सेवा हद लागेर अनिवार्य घर जानुपर्छ । त्यसो हुँदा पेन्सनविहीन हुनुपर्ने डर छ । त्यसो भएमा दीपेन्द्रविक्रम थापाकोझैँ नियति दोहोरिने डर छ । त्यही डरका कारण तालिम लिन मानिरहेकी छैनन् लक्ष्मी र राधिकाहरुले ।
अहिले महिला बालबालिका मन्त्रालयको महिला शसक्तिकरण विभागको प्रमुख रहेकी बस्नेत २२ साल मंसिर ३० मा जन्मिएकी हुन सुर्खेतमा । ०६३ सालमा निजामती सेवामा सेक्सन असिफसरबाट पाइला राखेकी उनी ६७ साल सहसचिव बन्न सफल भइन । सहसचिव भएको छिटोमा तीनदेखि पाँच बर्षभित्र सिनियर एक्जुकेटिभ डेभलप प्रोग्राम लिनुपर्ने नियम भए पनि बस्नेतले समेत यो तालिम अझैं लिएकी छैनन् । यस्तै हाल उद्योग मन्त्रालयमा कार्यरत सहसचिव राधिका अर्याल ६९ सालमै सहसचिवमा बढुवा भएकी हुन ।
Advertisement 3
सहसचिव भएको दश बर्षसम्म यो तालिम नलिएका कारण आफूभन्दा जुनियरलाई हाकिम मानेर बसिरहेकी छिन् । बिरेन्द्रभन्दा जुनियर ४० सहसचिव,लक्ष्मीभन्दा जुनियर २५ र राधिकाभन्दा कनिष्ट तीन जना सचिवमा उक्लिसकेका छन् । यो तालिम लिएको भए उनी अघिल्लो बर्ष नै सचिव बनिसक्ने थिइन । समयमै तालिम लिएको खण्डमा पाँच बर्षमै सेवा हद लागेर घर जानुपर्दछ । यसो भएको खण्डमा पेन्सन पाइदैन । निजामती सेवा ऐन अनुसार पेन्सन पाक्नका लागि कम्तिमा २० वर्ष सेवा गरेको हुनुपर्दछ । लामो समयसम्म जागिर खाइरहने र पेन्सल पाउने नियतका कारण उनीहरु आफुभन्दा कनिष्ठहरु सचिव भइसक्दा समेत सहसचिवकै जिम्मेवारीमा रमाइरहेका हुन ।
हाल मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउत हुन वा अर्थ सचिव कृष्ण हरि पुष्कर कर्ण उनीहरुले पनि आफू अनुकुलको समयमा मात्र एसइडिपी तालिम लिएर सचिवमा उक्लिएका हुन । सहसचिव भूपाल बराल पनि सहसचिव भएको लामो समय व्यतित हुँदासम्म तालिम नलिनेमा पर्दछन् ।