नेपालमा भ्रष्टाचार कोही चोखो छ कि ?

नेपालमा भ्रष्टाचारलाई अवसरको रुपमा लिइन्छ। अवसर त्यतिखेर प्राप्त हुन्छ जब कानुन कमजोर बन्छ। निर्वाचन महँगो हुन्छ।। पद्दति अस्थिर बन्छ। न्यायालय स्वतन्त्र हुँदैन। कर्मचारितन्त्र निरीह बन्छ। नेता, प्रशासक, व्यापारी, व्यवसायि ,समाज, पत्रकार ,कर्मचारी सबै यो अवसरमा मग्न हुन्छन्। र एकले अर्कालाई दोषारोपण गर्दै कानुन र पद्धतिको फाइदा लिन थाल्छन्। ति अवसर के के हुन सक्छन्। कस्ता कस्ता ठाउँमा अवसर छन्। अवसरलाई प्राप्त गर्ने औजारहरू के के हुन सक्छन्। ती विषयहरूलाई हेरौ।
बजार
बजारमा भ्रष्टाचार देखिँदैन। तर हुन्छ। बजार भ्रष्टचारको मुख्य स्रोत हो। व्यापारी, व्यवसायी, स्वास्थ्य, शिक्षण संस्था सबैमा भ्रष्टाचारको प्रवृत्ति देखिन्छ।।यहीबाट भ्रष्टचारको सोच सुरु हुन्छ। र सिंहदरबारसम्म पुग्छ। बजारमा एकाधिकार छ ।काटेलिङ छ। प्रतिस्पर्धा कम छ। उपभोक्ता सचेत नहुँदा नाफाखोरी बढेको छ। विद्यार्थीको महिनाको फि जति लिन सक्यो त्यति लिँदा हुन्छ। साधारण उपचार गर्न सर्वसाधारणले सक्तैन। मूल्यवृद्धि दोहोरो अङ्कमा छा।डाक्टर, इन्जिनियर पढाउन श्रमको मूल्यले पुग्दैन। भाडा चर्को छ। महँगो छ। यो अवसर प्राप्तगर्न मानिसले भ्रष्टाचार गर्छ। अनियमितता गर्छ । अनियमितता भ्रष्टाचार गरेको पैसा बजारमा तिर्छ। बजारमा जति बुझाएपनि कम हुन्छ। यसको अवसर नपाउने जनताले शिक्षा स्वास्थ्य आवश्यकताका लागि महंगो मूल्य तिर्छन । तर जनतालाई थाहा हुदैन ,भ्रष्टाचारको मुख्य स्रोत बजार हो। उनीहरु भन्छन् महंगी बढ्यो। तर यसको अर्थ बजार भ्रष्टाचारबाट पालित छ। निगरानीमा छैन। उद्योग, आपूर्ति ,यातायात, शिक्षा, स्वास्थ्य लगायतका सरकारी निकायहरु बजारको कमजोरी नियन्त्रण गर्न प्रभावकारी देखिएनन। बजार र सरकारी निकायकै बिचमा मिलेमतो पनि देखिन्छ। यसबाट बजारको भ्रष्टाचार बढ्दै जान्छ ।जसले सरकारी भ्रष्टाचारलाई प्रोत्सान गरिरहन्छ। जति नाफा लिए पनि हुन्छ बजारमा। कानुनले छुँदैन । छोएका पनि उम्किन्छन्। जबसम्म बजार स्वचालित,व्यवस्थित गर्न सकिँदैन। तबसम्म सिंहदरबारहरुको भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन।

Advertisement 1

राजनीति

व्यक्तिगत सम्पत्ति र स्वार्थले राजनीतिलाई भ्रष्ट बनाउँछूनेल्सन मंडेला। ूपद राजनीति र शक्ति एकै व्यक्तिमा भएमा व्यक्ति भ्रष्ट बन्छ ूयो नेपालमा चरितार्थ छ।
राजनीति महँगो हुँदैछ। पैसा खर्च नगरी चुनाव जितिदैन। निष्ठाको राजनीति हराउँदै गएको छ। व्यापारीको चन्दा, कर्मचारीको सहयोग नेतालाई भएपछि अवसर दिनै पर्यो। मन्त्री मेयर भएपछि ठेक्कापट्टा ,लाइसेन्स ,खरीदविक्री ,सरुवा ,बढुवामा कमाउने अवसर प्राप्त हुन्छ भन्ने धारणा बढ्यो। र यसैका लागि पछि लाग्ने कर्मचारी, व्यापारी प्रशासक थुप्रै छन। कानुनले अधिकार दिएको हो, अवसर होइन। ठुला पद, मन्त्री र नेता भ्रष्टाचारको मुद्दाबाट उम्कन्छन्। राजनीति ,भ्रष्टाचारको अवसर दिने मूल थलो बन्दै छ। जबसम्म राजनीति कठोर हुँदैन, अनुशासित हुँदैन ,तबसम्म भ्रष्टचार घट्दैन।

Advertisement 2

कर्मचारितन्त्र
कर्मचारितन्त्र सरकारभन्दा राम्रो हुन सक्दैन

ठेक्कापट्टा, खरिदविक्रीको प्रतिशत आफूले लिएपछि नेतालाई दिनै पर्यो। नभए राम्रो ठाउँमा सरुवा हुदैन र कमाउने अवसर प्राप्त हुँदैन ।सवारीसाधनको लाइसन्स खुल्लमखुल्ला खिरिद बिक्रीमा छ ।वैदेशिक रोजगारमा अनलाईन प्रणाली छ। तर पैसा नभै अनलाइन खुल्दैन।होल्डिङमा बस्छ। अतिरिक्त पैसा दिएपछि खुलिहाल्छ। व्यवसायीले कोटा किन्छन् र अढाई देखि तीन लाख सम्ममा श्रमिकलाई कोटा बिक्री गर्छन्। देख्न मात्र मेनपावर, भित्रभित्र मान्छेको व्यापार हुन्छ। यसमा कर्मचारी र राजनीति नेता दुवै मिल्छन्। एयरपोर्टबाट श्रम स्वीकृति बिना कामदार पठाउने ठूलै धन्दा छ। ठगी कसले हेर्नेरु घरदेखि होटलसम्म पुग्छ यो अवसर। कर्मचारीलाई पनि थाहा छ। मालपोतमा लाभांस करको हिसाबकिताब कसले राख्ने रुजग्गा कित्ताकाट गर्नै पर्दैन। अंशवण्डा गर्नेको नाता पनि मिल्दैन तर अंशवण्डा हुन्छ। कित्ताकाट रोकियो तर यसैमा भ्रष्टचार बढी अवसर प्राप्त छ। सार्वजनिक जग्गा दर्ता हुन्छन्। सरकारी सम्पत्ति कानुनविपरित लिजमा जान्छन्। पैसा दिने व्यापारी जतिपनि छन्। यी सबैको साँठगाँठमा राजनीति र कर्मचारी दुवैको काम बन्छ। यातायात , राहदानी खानेपानी, सञ्चार, लाइसेन्स लिने, दर्ता नविकरण, खरिद बिक्री सबैमा यो अवसर प्राप्त छ ।यो अबसर कागजमा देखिँदैन। तर जनताले भोगेका छन् । यस्तै ठाउँमा सरुवा हुन पैसा तिर्नुपर्छ ।राम्रा र अनुभवी कर्मचारी सेवा प्रवाह बिन्दुमा कमै पुग्छन्। किनकि त्यहा दुबै अवसर प्राप्त हुन्छ । माथि पाल्ने र आफू पालिने।

Advertisement 3

पत्रकार जगत

पत्रकारहरुलाई थाहा हुन्छ । कसलाई उठाउनु पर्छ र कसलाई पछार्नु पर्छ। उनीहरुलाई भ्रष्टाचारको विषयमा थाहा हुनसक्छ, तर भन्दैनन्।कतिपय भनी साध्य छैन भन्छन् र भन्दैनन्। कतिपय अवसर प्राप्त हुन्छ र भन्दैनन्। बिज्ञापन, वृत्तचित्र, सहयोग, सम्बन्धले लेख्दैनन। भ्रष्टचार गर्नेहरु कति उचाईमा छ त्यो हेरेर उनीहरु लेख्छन।र, कहिलेकाहीँ लेख्दैनन। राजनीति आस्था र सम्बन्ध आधारमा सूचना लुकाउँछन् ,लुकाउनुपर्ने सूचना देखाइदिन्छन। सोसल मिडियाहरुको कति विश्वास गर्नु। पत्रकारहरू राजनीतिमा विभाजित छन्। कर्मचारीतन्त्रबाट पालित पनि छन्। उनीहरु मनपरेको कसैको प्रशंसा गर्छन् जो प्रशंसा योग्य हुँदैनन्। इमान्दार पत्रकार पनि छन्। इमान्दारिताको आवाज शब्दमा मात्र सीमित हुन्छ। जो कराउँछन, चिच्याउँछन् उनीहरूको आवाज सिंहदरबारसम्म पुग्छ र कहिलेकाहीं अवसर मिल्छ ।यो अवसरले भ्रष्टाचारलाई थप बल पुर्याएको छ।

समाज

समाजले पैसालाई इज्जत मान्छ ।श्रम नगरी पैसा प्राप्त गर्नुलाई चतुर्याई ठान्छ। विवाह, बर्तबन्ध ,न्वारन, जन्मउत्सव, विवाहउत्सव दसैं ,तिहार ,तीज महंगो हुँदै गएको छ। पार्टी प्यालेस फस्ट्याएका छन् । विलासिता बढेर गएको छ ।सोझो र इमान्दारको समाजमा कदर छैन।महंगा गाडी, घरजग्गा , सहर प्रतिको आकर्षण बढेर गयो । प्रतिस्पर्धाले व्यक्ति छोटो बाटोबाट सम्पत्ति कमाउन उत्साहित छ । यसले सार्वजनिक ,निजी सबै क्षेत्रमा अनियमितता बढाएको छ। भ्रष्टाचार बढेको छ। तर यही भ्रष्टाचारले समाजको सीमान्त वर्गलाई महंगीमा धकेलि रहेको छ।

नागरिक संयन्त्र र बाह्य सहयोग

भ्रष्टाचार विरुद्धमा नागरिक समाजको एउटै स्वर छैन। यी पनि आफ्नै बौद्धिक दर्शन र राजनीतिमा विभाजित छन्। उपभोक्ता समिति ठेक्कापट्टा गर्न थाले। निगरानी पैसामा बिक्यो ।स्थानीय निर्माण सेवाहरु कमसल बने। परामर्शदाता हरुले लिने रकममा कमिसनको जालो पसेको छ। यसले राजनीति र कर्मचारीतन्त्रलाई लोभ्याउँछ। अहिले प्रदेश, पालिकाहरुमा यो रोग सरेको छ। आफ्नो काम गर्नुभन्दा यस्तैको पछि लाग्नमा कर्मचारीले फाइदा देख्न थालेका छन्। अघोषितरुपमा यो भ्रष्टाचारको अवसर बन्दैछ। विश्व बैक एडीबी, बहुपक्षीय ठूला सहयोग र सम्झौतामा सानालाई के अवसर प्राप्त होला ररु आकाशको फल आँखा तरी मर्।

दलाल

दलालहरूको कुनै भेष, भाषा, धर्म, संस्कृति, जात हुँदैन। ठेक्कापट्टा औषधि खरिद ,जग्गा लिज, आयात निर्यात ,सम्झौता सबैमा यिनीहरुको मजबुत पकड छ।किचन देखि कोठासम्म उनीहरूको उपस्थिति हुन्छ। ठूला नियुक्तिदेखि पजनि सम्मका रकम कलम यिनीहरुलाई थाहा छ। भ्रष्टाचारको अवसर जुटाउने देखि देखाउने सम्म दलालहरुले गर्छन् ।अहिलेको राजनीति र प्रशासन यसैको चंगुलमा फसेको छ।
किसान ,विद्यार्थी, जनता भ्रष्टाचार गर्दैनन् ।तर भ्रष्टाचारको मारमा परेका छन् ।जबसम्म भ्रष्टाचार र अनियमितता विरुद्धका कानुन पूर्ण कार्यान्वयन हुँदैनन् तबसम्म यो अवसर सरकार र गैरसरकारी दुबैमा बढिरहन्छ ।कानुनको शासनले नै भ्रष्टाचार निर्मूल गर्छ। कानुनले दुवै अवसर दिन्छ ।दण्ड सजाय र सदाचार। भ्रष्टचारको अवसरलाई कानुनको शासनले मात्र नियन्त्रण गर्न सक्छ।

प्रकाशित :२०७९ भाद्र ११, शनिबार ०७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry