मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल र भिभान्ता डेन्टलमा छूट
मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल भिभान्ता डेन्टल अस्पतालमा छूट पाउने भएका छन् ।
Advertisement 1
बैंक ग्राहकले डिजिटल भुक्तानी गर्दा दुवै अस्पतालका सेवामा १५ प्रतिशतसम्म छूट पाउने भएका हुन् ।
ग्राहकले बैंकको डेबिट भिसा कार्ड र मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत भुक्तानी गर्दा अस्पतालका सेवाहरूमा उक्त छूट पाउने बैंकले जानकारी दिएको छ ।
Advertisement 2
भिभान्ता अस्पताल काठमाडौंको कमलपोखरीमा रहेको छ । हिमाल डेन्टल अस्पताल काठमाडौं उपत्यका भित्र धुम्बाराही, चावहिल, लगनखेल र साँखु तथा काठमाडौं उपत्यकाबाहिर चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी , कैलाली र डँडेलधुरामा छन् ।
प्रकाशित :२०७९ श्रावण ३०, सोमबार ११:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%