खोकनामा नबिल बैंकको डिजिटल सचेतना कार्यक्रम सम्पन्न
ललितपुरको खोकनामा नबलि बैंकको डिजिटल सचेतना कार्यक्रम सम्पन्न भएको छ । बैंकले ललितपुर महानगरपालिका वडा न. २१ स्थित खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
Advertisement 1
स्थानीय कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको बैंकले जानकारि दिएको छ ।
कार्यक्रममा नबिल दिगो बैंकिङका विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्यूआर कोड लगायतका बारेमा जानकारि गराइएको थियो ।
कार्यक्रममा खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समुह र सहकारीलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Advertisement 2
त्यस्तै बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित केसी, खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।
बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरूको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न बैंक सधैं तत्पर रहेको बताए ।
Advertisement 3
त्यस्तै ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रबिन्द्र महर्जनले कार्यक्रमको लागि धन्यवाद ज्ञापन गरे ।