मन्त्रीसरह सुविधा दिएर पूर्वराज्यमन्त्री दुगडलाई प्रधानमन्त्रीले बनाए सल्लाहकार
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगडलाई नियुक्त गरेका छन्।
दुगड यस अघि उद्योग,वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । संसद विघटन भएपछि भएको मन्त्रिपरिषद हेरफेरमा उनी बहिर्गमनमा परेका थिए। मन्त्रिपरिषदको पुस २९ गतेको निर्णयअनुसार पूर्वराज्यमन्त्रीसमेत रहेका दुगडलाई सरकारको मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सल्लाहकार नियुक्त गरिएको छ।
यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा थिए। खतिवडा अहिले अमेरिकाका लागि नेपाली राजदूत छन्।
प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री डा युवराज खतिवडाको स्थानमा दुगडलाई विशेष आर्थिक सल्लाहकार बनाएका छन् ।
दुगडलाई मन्त्रीसहरको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको हो ।
Advertisement 1
तत्कालीन नेकपा एमालेको तर्फबाट समानुपातिकबाट प्रतिनिधि सभामा सांसद भएका दुगडलाई ओलीले नै उद्योग राज्यमन्त्री बनाएका थिए।