आमाछोदिङमोमा बेरुजु ६ प्रतिशत पुग्दा उत्तरगयाको १ प्रतिशत मात्र

रसुवाका ५ पालिकामध्ये सबैभन्दा बढी अनियमितता आमाछोदिङमो गाउँपालिकामा भएको भेटिएको छ । यस्तै सबैभन्दा कम बेरुजु उत्तरगयाँ गाउँपालिकाको रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार सो पालिकाको बेरुजु झण्डै ६ प्रतिशत रहेको भेटिएको छ ।
प्रतिवेदन अनुसार,नौकुण्ड गाउँपालिकाको बेरुजु ३ दशमलव ९९ प्रतिशत रहेको प्रतिवेदनमा औल्याइएको छ ।
तेश्रो धेरै बेरुजु भएको पालिकाका कालिका गाउँपालिका रहेको छ । कालिकाको बेरुजु २ दशमलव ०९ प्रतिशत हुँदा गोसाइकुण्ड गाउँपालिकाको बेरुजु १ दशमलव ८५ प्रतिशत रहेको छ ।

Advertisement 1

 

पाँच पालिकामध्ये सबैभन्दा कम बेरुजु उत्तरगयाँ गाउँपालिकाको रहेको छ । उत्तरगयाको बेरुजु ० दशमलव ९७ प्रतिशत मात्र रहेको महालेखाको प्रतिवेदनले औल्याएको छ ।

प्रकाशित :२०७९ असार ३०, बिहीबार १४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry