प्रधानन्यायाधीश पिताको कृपाले उच्च अदालतको न्यायाधीश बनेकी साह बर्खास्त
उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेणुकुमारी साह बर्खास्तीमा परेकी छिन् । केही बेर अघि सम्पन्न भएको न्यायपरिषद बैठकले साहलाई बर्खास्त गरेको हो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज शुक्रवार बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गरेको हो ।उनी नियुक्तिको चार वर्षपछि योग्यता नपुगेको अभियोगमा बर्खास्तीमा परेकी हुन ।
पूर्वप्रधानन्यायाधीश रामप्रसाद साहकी छोरी उनले योग्यता ढाँटेर न्यायाधीश नियुक्ति लिएको आरोप लाग्दै आएको थियो । रेणुकामाथि योग्यता र क्षमताले कम पहुँचका आधारमा मात्रै न्यायाधीश नियुक्त भएको आरोप लाग्दै आएको थियो। संविधानमा न्यायाधीश नियुक्तिका लागि निरन्तर कानुन व्यवसाय गरेको हुनुपर्ने व्यवस्था छ । तर, रेणु नेपाल सरकारबाट अनुदानप्राप्त संस्था सिटिइभिटीकी पूर्णकालिन कर्मचारी हुन् । उच्च अदालतको न्यायाधीश हुन कम्तिमा दश वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने भए पनि उनीसँग त्यो योग्यता नभएको उजुरी परिषद्मा परेको थियो।
उनले आफ्नो योग्यता ढाँटेर शक्तिको आडमा न्यायाधीश बनेको ठहर गर्दै न्यायपरिषदले स्पस्टिकरण चित्तबुझ्दो नपाएको आधारमा बर्खास्तीको निर्णय गरेको हो ।
Advertisement 1
बैठकले रिक्त जिल्ला न्यायाधीश नियुक्तिका लागि सात दिने सूचना प्रकाशित गर्ने निर्णयसमेत गरेको छ ।