सामान्य प्रशासनमन्त्री श्रेष्ठ बाहेक अन्य तीन मन्त्रीलाई फिर्ता बोलाइने

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले सरकारमा सामेल तीन जना मन्त्री परिवर्तन गर्ने भएको छ । जसपाले सरकारमा सामेल रहेका तीन जना मन्त्री फिर्ता बोलाए पनि एक जना मन्त्रीलाई पनि यथावत राख्ने भएको छ ।
जनता समाजवादीबाट अहिले रेणु यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री,वनमन्त्री रामसाहय यादव र कृषि मन्त्री महेन्द्र राय यादवलाई फिर्ता बोलाउने भएको हो । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका राजेन्द्र श्रेष्ठलाई भने नहटाइने भएको छ ।

Advertisement 1

जसपाले भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक रायनको जिम्मेवारी दिएर पठाउन लागेको छ । यस्तै कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिप यादवलाई सिफारिस गरिएको छ । नवनियुक्त तीन मन्त्रीलाई आजै शपथ गराउने तयारी छ ।

प्रकाशित :२०७९ असार २०, सोमबार १०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry