मन्त्री आलेले दिए आफूले आफैंलाई एक सयमा नब्बे नम्बर

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफूले आफैंलाई एक सयमा ९० अंक दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएर साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले आफूलाई नब्बे अंक दिएका हुन ।

Advertisement 1

उनले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् । उनले आफ्नो कामबाट ९० प्रतिशत जनता सन्तुष्ट रहेको बताए । गठबन्धन सरकारमा आलेले २०७८ सालको असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको बताए । आफ्नो कामको मूल्यांकन जनताले गर्ने पनि उनले बताए ।

प्रकाशित :२०७९ असार १२, आईतवार १९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry