सिंहदरबारभित्रै मन्त्री र सांसदबीच हात हालाहाल
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्री र सांसदबीच चर्काचर्की परेको छ । बारा क्षेत्र नम्बर तीनबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामबाबु यादव र सोही पार्टीका संघीय मन्त्री राजेन्द्र कुमार श्रेष्ठबीच चर्काचर्की परेको हो ।
Advertisement 1
जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेतासमेत रहनुभएका मन्त्री श्रेष्ठलाई सोही पार्टीका सांसद रामबाबु यादवले दुव्र्यवहार गर्दै हातपात गर्न खोजेका हुन् ।
आज दिउँसो मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै आक्रोश पोखेका थिए । त्यसपछि उनी भौतिक हमलामा उत्रिएको बताइएको छ ।
Advertisement 2
आफ्नो निर्वाचन क्षेत्रमा बजेट नहालेको रिसमाथि सांसद यादवले मन्त्रीमाथि हातपातको प्रयास गरे पनि मन्त्रीका सहयोगीहरुले रोकेका कारण अप्रिय घटना भने हुन पाएन ।
यद्यपि मन्त्रीका स्वकीय सुरज महर्जनले मन्त्रीमाथि हात हालाहाल भएको कुरा हल्ला मात्र भएको,त्यहाँ बहस र टेबुल ठोकाठोक मात्र भएको बताएका छन् ।
मन्त्री र सांसदबीच हात हालाहालको स्थिती बनेपछि मन्त्री श्रेष्ठको सचिवालयले सिंहदरबार प्रहरी प्रभाग खबर गरेको थियो ।