सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

Advertisement 1

नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंकमा गरी कुल २१ वर्षको अनुभव संगालेका छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत रायमाझीले बैंकमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै संचालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुसी व्यक्त गरे ।

प्रकाशित :२०७९ जेष्ठ १८, बुधबार ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry