म्युजिक कम्पनीविरुद्ध खनिए कलाकार
आदरणीय अग्रज, प्रिय साथीहरु, शुभचिन्तक, दाजुभाइ दिदी बहिनी हरु ! विगत केहि महिना बाट सामाजिक सन्जालमा एक म्यूज़िक सन्चालक को एकाउन्ट बाट मेरो बारेमा आएका स्टाटस र अन्टसन्ट टिकाटिप्पणी बारे गम्भीर ध्यानाकर्षण भएको छ।
Advertisement 1
फ़ेसबुक मा यी कुरा हरु लेख्न पटक्कै मन थिएन तर बाध्य भएर लेख्दैछु।
1.) मेरो सांगितीक यात्रामा आदरणीय अग्रज, शुभचिन्तक, साथीभाइ , संगीत उद्यमी, आदरणीय स्रस्टा ( आधुनिक, लोक , पप , रक तथा चलचित्र ) हरुको तथा संचारकर्मी / पत्रकार साथीभाइ हरुको साथ र माया छ । र सम्पूर्ण उहॉहरु प्रति मेरो उत्ति नै सम्मान रहेको छ
Advertisement 2
2.) मेरो सांगितीक यात्रामा मेरो मिहनेत साधनसँगै तमाम आदरणीय श्रोता तथा शुभचिन्तकको साथ आशिर्वाद र माया को उत्तिकै महत्वपूर्ण योगदान छ
3.) रेकरडिंग यात्रा शुरु गरेको १० बर्ष पछि २ गीतिसंग्रह र झण्डै ५० चलचित्र गायन पछिमेरो तेस्रो गीति संग्रह प्रणय २०६७ सालमा प्रकाशन भयो , जसमा समावेश म बिना कसैकसै लाइ ( गीतकार – शीतल गिरि संगीतकार -महेश खडका, याद गर्न पनि ( गीतकार -राजेन्द्र थापा संगीतकार -महेश खड़का) लगायतका हजुरहरुले मन पराउनु भएका सृजना समावेश छन्।
Advertisement 3
4.) यो गीतिसंग्रह मैले सम्बन्धित गीतकार र संगीतकार ज्यू हरुको स्वीकृति मा निर्माण गरेको थिएँ। जसलाइ मैले पहिले सहकार्य गरेको धौलागीरी क्यासेटबाट प्रकाशन हुनै लाग्दा आदरणीय महेश खड़का दाइ लगायत केहि साथीहरु को सल्लाह र सुझावलाइ मध्य नज़र गर्दै मैले बिन्ध्यबासिनी म्यूज़िक लाइ एल्बम प्रकाशन तथा बिक्री वितरण का निम्ती ५ बर्ष को लिखित सम्झौता गरि दिएको हुँ। त्यस क्रममा मैले रु ११०००० लिएको हुँ, पहिलो भिंडियों को लागि लाग्ने मध्य रु १ लाख कम्पनीले दिने गरी सम्झौता गरेको हु। र कम्पनीले २ लाख बराबर को प्रमोशन गरिंदिने सम्झौता गरेको हु । दिएको प्रमोशन को २ लाख समेत जोडेर आउने रु ४१००००/- कम्पनीले मैले पाउने रोयल्टी/आम्दानीबाट असुल गरेर कम्पनी सुरक्षित भएपछि मात्र म आम्दानीको हिस्सेदार बन्ने सहमति भएको हो अर्थात् कम्पनीले आफुले गरेको खर्च उठाइसक्ने त्यो पनि मेरो आम्दानी बाट। तसर्थ एल्बमको निर्माता म हु कम्पनी हैन।बॉकी खर्च , विमोचन खर्च लगायत मैले गरेको हु। कम्पनले बनाउने भनिएको दोस्रो भिडियो ( याद गर्न पनि) नबनाएपछि पछि म स्वयमले बनाएर उल्टै कम्पनी लाइ नै बुझाएको हु । करार मा एल्वमको सम्पूर्ण अधिकार म मा निहित रहेको कुरा कम्पनी ले नै सहीछाप गरेको करार मा स्पस्ट उल्लेख छ । र करार अवधी ५ बर्ष को मात्र छ।
5.) वार्ता संवाद छलफल बाट कस्ता कस्ता जटिल समस्या हरु पनि सुल्झिन्छन तर करार अनुसार सम्झौता समय सकिए पछि मैले बिभिन्न चरणमा गरेर एल्वम फिर्ता माग्दा कम्पनीका संचालक सुवास रेग्मीज्यूबाट संवादका ढोकाहरु एकतर्फी बन्द गर्दै फ़ेसबुक स्टाटस मार्फत मलाइ अत्यंत अशोभनीय, तल्लो स्तरका मानहानि हुने शव्द हरु प्रयोग गरी गाली गलौच, दुर्व्यवहार पुर्ण व्यवहार भैरहेको छ। म मात्र हैन समग्र संगीत क्षेत्र लाइ नै बदनाम र अपमान हुने शव्दहरु फ़ेसबुकमा लेख्ने कार्य भैआएको छ । अहिलेसम्म एउटा पनि विवाद मा नमुछिएको मलाइ उहॉका स्टाटसले मानसिक रुपमै कमजोर बनाउने प्रयास भयो। घरायसी स्वास्थ्य अवस्थाबाट पार पाउन खोज्दै गर्दा भएको यो फ़ेसबुक आक्रमण ले म अत्यंत दुखित र पिडित भएको छु ।
6.) अहिले सम्म कम्पनी ले मलाइ कुनै हिसाब किताब बुझाएको पनि छैन। मैले लिखित रुपमै मागेपछि कार्यालयमा बोलाएको थियो ।तर फ़ेसबुक मा अपमानजनक आपत्ति जनक अभिव्यक्ति दिदै गरेपछि उक्त कार्यालय जान वातावरण नै बनेन र मैले इमेल मार्फत हिसाब मॉगे । तर मेरो इमेल नै सार्वजनिक गर्दै धज्जी उडाउदै स्टाटस आइरहे।
7.) यसै बीच एल्बम मागेकै कारण उहॉले हुदै नभएको क़ानून मा टेकेर मैले मेरा गीत स्टेजमा गायो भन्दै १ करोडको क्षतिपूर्ति सहित उजुरी हालेर समाचार बनाउदै मलाइ हतोत्साहित बनाउने प्रयास गर्नु भयो । जुन समग्र नेपाली गायक गायीकाकै घोर अपमान को विषय हो ।
8.) यसै क्रममा प्रस्तोताको अग्रणी संस्था प्रस्तोता समाज नेपालको सुझाव , अग्रज अनुज र सहकर्मी साथी हरु को साथ र उपस्थिति सँगै मैले निज सुवास रेग्मी विरुद्ध मानहानि तथा मेरो ( एक सृस्टा/ निर्माता/ प्रस्तोता को) अधिकार हनन करार उल्लंघन र प्रतिलिपि अधिकार उल्लंघन विरुद्द न्यालय समक्ष छुट्टा छुट्टै उजुरी दिएको छु दिदै छु । आशा छ सम्वन्धित निकायबाट न्यायोचित निर्णय हुनेछ ।
न्यानो साथ र समर्थनका लागि सवैलाई सादर धन्यवाद