कार्यालय सहयोगी रूपमा काम गरेका व्यक्ति सोही कार्यालयका वडाध्यक्ष निर्वाचित

कुनै समय दाङमा कार्यालय सहयोगी भएर काम गरेका व्यक्ति अहिले सोही कार्यालयमा वडाध्यक्ष भएरका छ्न ।
Advertisement 1
प्रसङ्ग रहेको छ राप्ती गाउँपालिका वडा नं. ८ मा निर्वाचीत वडा अध्यक्ष चन्द्रबहादुरु गुरुङ्गका । उनी पाँच बर्ष सोही कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यारत थिए ।
कार्यालय सहयोगीको पदबाट राजिनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिनु भएका चन्द्रबहादुर निर्वाचित भए ।
Advertisement 2
कार्यालय सहयोगी पदमा रहँदा सबै काम गर्नुपर्यो । सरसफाई देखी झाडु, पोछा सम्म । यती मात्र होइन, सिफारिसका काम समेत चन्द्रबहादुरले नजिकबाट सिक्ने अवसर पाए।
अहिले उनी चन्द्रबहादुर वडाअध्यक्ष भएको देख्दा स्थानीय पनि खुसी भएका छन् । जनतालाई सेवा दिने ठाउँमा पुगेको भन्दै स्थानीय खुसी भएका हुन् ।
Advertisement 3
वडा अध्यक्ष पदमा उहाँ जस्तै अन्य व्यक्तिहरु पनि उम्मेदवार बनेका थिए ।
प्रकाशित :२०७९ जेष्ठ ११, बुधबार १३:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%