टिकट नपाएको रिस निर्वाचन अधिकृतमाथि

अञ्जनकुमार

Advertisement 1

बर्षाैदेखि राजनीतिमा लागेर कपाल फुलाएका नेताहरुलाई ज्ञात हुनुपर्ने हो,चुनाव लड्नका लागि टिकट दिने निकाय भनेको सम्बन्धित पार्टी हो । तर एक जना नेताले आफूले टिकट नपाएकोमा रिस र आक्रोश पोखेका छन्,निर्वाचन अधिकृतसँग ।
आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । सोही निर्वाचनमा टिकट नपाएपछि एक जना  नेताले त्यस्को आक्रोश निर्वाचन अधिकृतमाथि पोखेका छन । यसरी अधिकृतमाथि खनिने नेता हुन खजिन्द्र गुरुङ,जस्ले टिकट नपाएको झोक क्व्होलासोथारका स्थानीय निर्वाचन अधिकृतहरु माथि पोखेका छन् ।

शुरुदेखि नै सो गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट दाबा गरेतापनि मालिङे साइला उपनामले परिचित गुरुङलाई टिकट नदिएर भुजुङका चर्चित युवा नेता टेकबहादुर गुरुङले पाएका थिए । आफूले टिकट नपाएर जुनियर टेकबहादुर गुरुङले टिकट पाए पछि उनले आक्रोस पोखे । गत १२ गते मनोनयन दर्ता गर्न बाजागाजा सहित निर्बाचन अधिकृतको कार्यालय पुगेका एमाले र निर्बाचन सहायक मतदान अधिकृत त्रिलोक चन्द्र गुरुङ प्रति उनले आक्रोश पोखेका हुन ।

Advertisement 2

मापसेले टिल परेका गुरुङ निषेधित क्षेत्र तोडेर भित्र पसेर अश्लिल र सुन्नै नसकिने फोहोरी शब्द बोल्दै त्रिलोक गुरुङलाई सरापेपछि स्थिति तनावपूर्ण बन्न गएको थियो । उनलाई सुरक्षाकर्मीले बल प्रयोग गरी गलत्याउन परेको थियो । नाताले त्रिलोक गुरुङको सादु दाई पर्ने मालिंगे साइलाले एमालेप्रति पनि निकै दुर्वाच्य प्रयोग गरेका प्रत्यक्षदर्शीहरुले सुनाएका छन । एमालेप्रति खनिए पछि आक्रोशित एमालेका ठिटाहरुले तह लगाउन खोजेका थिए। तर बुथ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने त्यसो हुन नदिई मातेका गुरुङलाई घिच्चाएर बाहिर निकालेको खबर छ ।

प्रकाशित :२०७९ बैशाख १९, सोमबार १५:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry