गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि सुनवाइ हुँदै, आज आउला आदेश ?

सर्वोच्चको अन्तरिम आदेशबाट काममा फर्किसकेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्धाको किनारा लगाउन सर्वोच्च अदालतमा आज पनि बहस हुँदैछ । गभर्नर अधिकारीले दायर गरेको रिट उपर अस्ति मंगलबार र हिजो विहिबार समेत न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाई भएको थियो । सो मुद्धाको सुनुवाई नटुंगिएका कारण हिजो हेर्दा हेर्दैमा राखिएको सो मुद्धाको सम्भवत आजै किनारा लाग्ने जनाइएको छ ।
९ नम्बरको इजलाशको पहिलो नम्बरमा राखेर न्यायधीशद्धय सपना मल्ल र टंकबहादुर मोक्तानले सुनुवाइ हुँदैछ । सरकारले चैत्र अन्तिम साता अर्थात २५ चैत्रमा गभर्नर अधिकारीलाई निलम्बन गरी जाँचबुझ समिति गठन गरेपछि त्यसको विरुद्ध वैशाख पहिलो साता उनी सर्वोच्च अदालतमा पुगेका थिए । उनको रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशले अन्तरिम आदेश दिएसँगै उनी काममा फर्किसकेका छन् ।

Advertisement 1

मंगलबार गभर्नर अधिकारीको पक्षमा दर्जन बढी अधिवक्ताहरुले बहस गरेका थिए । मध्यान्ह १२ बजेबाट प्रारम्भ भएको बहस साँझ ५ बजेसम्म चलेको थियो । मंगलबार नरेन्द्रप्रसाद गौतम,सुरेन्द्र थापा, सुशील पन्त, राधेश्याम अधिकारीदेखि शम्भु थापासम्मले अधिकारीको तर्फबाट बहस गरेका थिए । हिजो सरकारी वकिलहरुले सरकारको बचाउमा बहस गरेका थिए । हिजो महान्यायाधिवक्ता खम्वबहादुर खाती, नायव महान्यायाधिवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी लगायतले रिटको विपक्षमा बहस गरेका थिए। यस्तै अर्थ मन्त्रालयका तर्फबाट राखिएका नीजि कानुन व्यवसायीहरुले समेत सरकारको पक्षमा बहस गरेका छन् । आजको सुनुवाईबाट यसअघि न्यायधीश हरिप्रसाद फुँयालको एकल इजलाशले दिएको अन्तरिम आदेश निरन्तर दिन सक्ने सम्भवना रहेको बताइन्छ ।

प्रकाशित :२०७९ बैशाख १६, शुक्रबार १२:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry