८३९२ मतदाता रहेको उत्तरगया गाउँपालिकामा यस्तो छ चुनावी अंकगणित

रसुवा जिल्लाको उत्तरगया गाँउपालिकामा पनि स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । रसुवामा ५ वटा पालिकामध्ये उत्तरगया एक हो । ०७४ सालको स्थानीय तहको निर्वाचनमा यो पालिकाबाट काँग्रेसले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । पालिकाभित्र जम्मा ५ वटा वडा र ६ वटा निर्वाचन क्षेत्र रहेको छ । जसमध्ये १ नम्बर वडामा १५६८ मतदाता रहेका छन् भने दुई नम्बर वडामा१३६५ मतदाता रहेका छन् । यस्तै निर्वाचन आयोगका अनुसार पालिकाको तीन नम्बर वडाभित्र १२११ मतदाता रहेका छन् । वडा नम्बर ४ मा भने दुईवटा मतदान केन्द्र रहेका छन् । ढुंगे आवासीय विद्यालयमा ९६९ मतदाता रहेका छन भने मालिकादेवी प्रावि मतदान केन्द्रमा ८६७ मतदाता रहेका छन् । सबैभन्दा धेरै मतदाता ५ नम्बर वडामा छन् । त्यहाँ २४१२ मतदाता छन् । उत्तरगया पालिकाको कुल मतदाता संख्या ८ हजार ३९२ रहेका छन् ।
०७४ सालको निर्वाचनको मत परिणामलाई आँकलन गर्दा यो पालिकाको अध्यक्ष काँग्रेसले जितेको थियो । अहिलेका पालिका अध्यक्ष उपेन्द्र लम्सालले १ हजार ६३० मत ल्याएका थिए भने एमालेका अशोक कुमार घिमिरेले १ हजार ४९३ मत ल्याएका थिए । यस्तै माओवादी केन्द्रका मेघनाथ घिमिरे र नयाँ शक्तिका इन्द्रप्रसाद सापकोटाले समान ६९७ मत पाए ।
यस्तै पालिका उपाध्यक्षमा भने एमालेकी चमेली गुरुङले १ हजार ८७८ मत सहित चुनाव जितिन् । काँग्रेसकी शैपकुमारी अधिकारी १ हजार २८५ मतमा सीमित भइन् । माओवादी केन्द्रकी रेनुमाया गुरुङ र नयाँ शक्तिकी चमेली विश्वकर्मा सुनुवारले क्रमशः ६२८ र ६०६ मत पाए ।

Advertisement 1

एमालेले यसपटक केन्द्रीय सदस्यलाई गाउँपालिका अध्यक्ष उठ्न पठाएको छ । एमालेले सो पालिकाबाट नेकपा एमालेको केन्द्रीय सदस्य माधव अर्याललाई सो पालिकाबाट अध्यक्षमा उम्मेदवार बनाएसँगै थप चासो र चर्चाका साथ उत्तरगयालाई हेरिएको छ । अर्याल एमालेभित्रका इमानदार र स्वच्छ छविका नेताका रुपमा परिचित छन । ययस्तै उपाध्यक्षमा हालकै उपाध्यक्ष चमेली गुरुङले निरन्तरता दिएको छ ।एमालेले पालिकाका उम्मेद्धारहरु टुंग्याएर चुनावी प्रचार प्रसारमा होमिसक्दा समेत गठबन्धन दल भने आन्तरिक खिचातानीमै अल्झिरहेका छन् । गठबन्धनले अझैं सम्म पनि साझा उम्मेद्धार तय गर्न सकेका छैनन ।

प्रकाशित :२०७९ बैशाख १०, शनिबार ०८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry