निजामती अस्पतालका ‘अटेरी हाकिम’लाई कारवाहीको तयारी

गाई मारेर गधा पोस्ने भनेको यही हो । सरकारले राष्ट्रसेवक कर्मचारीहरुको उपचारका लागि मीनभवनमा निजामती अस्पताल खोलेको छ । यो मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहन्छ । यही अस्पतालमा कार्यरत एक चिकित्सक तलब राज्यको खाने र सेवा चाहिँ निजी अस्पतालमा गरिरहेको भेटिएको छ । यस्तो धन्दामा संग्लग्न रहेका भेटिएका छन् प्रा डा विद्यानिधि पौडेल । जो नेपाल निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)का कार्यकारी निर्देशक हुन । उनले सरकारका ऐन कानुनलाई मिचेर नीजि अस्पतालमा काम गरिरहेको रहष्य खुलेको छ । पौडेलले सरकार नियम कानुनको धज्जी उडाँउदै गोंङ्गबुमा अवस्थित विनायक अस्पताल तथा प्रसूति गृहमा कार्यरत रहेको भेटिएको छ । स्रोतले दिएको जानकारी अनुसार सो अस्पतालमा उनको लगानीसमेत रहेको जनाइएको छ ।

Advertisement 1

जबकी निजामती कर्मचारी अस्पतालको विनियमावली, २०७७ ले उनलाई त्यस्तो छुट दिँदैन । सो विनियमावलीमा कार्यकारी निर्देशकको पूरा समय अस्पतालको हुने र अन्यन्त्र काम गर्न नपाउने उल्लेख गरिएको छ । तर राज्यको नीति नियमलाई चुनौती दिँदै उनी नीजि अस्पतालको पक्ष पोषणमा लागिरहेको कर्मचारीहरु सुनाउँछन् । पौडेलले निजामती अस्पतालबाट मासिक दुई लाखभन्दा बढी सेवा सुविधा बुझ्दै आएका छन् । यस्का अलवा वार्षिक एक महिनाको तलब बराबरको चाडपर्व खर्च,सरकारले तोकेको महँगी भत्ता र वार्षिक पोसाक खर्चका अलवा मासिक तीन हजार सञ्चार खर्च पाउने बुझ्दै आएका छन् । उनलाई अस्पतालले एक जना निजी सहायक र एक जना कार्यालय सहयोगीका अलवा एउटा सवारी साधन, सोको लागि लग बुक अनुसारको इन्धन तथा मर्मतको व्यवस्था र एक जना हलुका सवारी चालकको समेत सुविधा दिएको छ । तर राज्यकोषबाट सेवा सुविधा लिएर उनी चाहिँ नीजि अस्पतालको पक्षपोषणमा लागिरहेका छन् ।

Advertisement 2

यसरी सरकारी अस्पतालको नेतृत्वदायी भूमिकामा रहेका चिकित्सक डा विद्यानिधि पौडेल नीजि अस्पतालमा समेत लगानी रहेको र त्यहाँ कार्यरत रहेको भेटिएसँगै विभागीय मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासनले केही दिन अघि स्पष्टीकरण समेत सोधेको छ ।सामान्य प्रशासन मन्त्रालयलाई एक साता भित्रैमा नीजि अस्पताल छोड्ने वचनवद्धता व्यक्त गरेका पौडेलले अझैं पनि अटेरी गर्दै नीजिमा समेत काम गरिरहेको भेटिएपछि उनीमाथि कारवाहीको तयारी अगाडि बढेको छ ।
निजामती कर्मचारी अस्पतालको बोर्ड बैठक बसेर उनीमाथि कारवाहीको तयारी अगाडि बढेको हो । निजामती कर्मचारी अस्पताल बोर्डमा मुख्यसचिव शंकरदास बैरागी,स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल,कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा,सामान्य प्रशासनका सचिव सुरेश अधिकारी र राजश्व सचिव कृष्णहरि पुष्कर रहेका छन् ।

प्रकाशित :२०७८ चैत्र २५, शुक्रबार ०९:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry