म्यादिमा समेत फोर्स नै फोर्स
अञ्जनकुमार
लिमा वानले लिमा थ्रीलाई केही नामहरू टिपाए। फलानो फलानो नाम नम्बर भएका मान्य ज्यूको मान्छे रहेछन् नियम अनुसार गर्नु । हस् हजुर भनेर लिमा थ्रीले फोन राखे । म्यादी भर्नामा समेत केन्द्रीय नेतादेखि टोले नेताको लामै लिस्ट छ जिप्रका लमजुङमा । जसका कारण इन्स्पेक्टर जनक रेग्मीलाई अहिले फोन उठाउन नै फुर्सद छैन । उठायो की ती केटाहरुलाई जसरी भएपनि गर्नु पर्यो है भन्नु भन्दा अरु कुरा हुँदैन । टोले झोले पिच्छेका लिस्ट छन् उनको हातमा । म्यादी प्रहरी भर्ना समितिका अर्का सदस्य वरिष्ट नायब निरीक्षक बाबुराम ढकाललाई फोन, एसएमएस तथा भेटेरै भनसुन गर्नेको उस्तै लर्को छ ।
नेकपा माओबादी नेता देवबहादुर गुरुङले एक दर्जनको नाम टिपाएका छन् । एक महिला पत्रकार फालिएका आफ्ना सानाबुबा, भाइलाई राखिदिनु भन्दै दिमाग चाटिरहेकी छिन्। भूपू प्रहरी निरीक्षकदेखि शारीरिक अशक्तता समेत म्यादीमा नापिएका छन् । निष्पक्ष काम गर्न नपाएको जिल्ला प्रहरी कार्यालयका एक सहायक निरीक्षक बताउँछन् । वडा तहदेखि केन्द्रीय नेता, पुलिसकै मान्छेले समेत म्यादी भर्नामा प्रत्यक्ष अप्रत्यक्ष दबाब सिर्जना गरेको श्रोतको दाबी छ । डिएसपी कृष्ण बहादुर कार्की त्यस्तै तनावमा । निष्पक्ष काम गर्नै नपाइने उनको ठम्याई छ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि लमजुङमा ९ सय ८७ जना मात्रै म्यादी प्रहरीको दरबन्दी कायम गरिएको छ । चालीस दिने जागिर । पुग नपुग ४० हजार तलब । तर पनि ब्याचलर सकाएका युवा युवतीहरुको समेत एक महिने म्यादीका लागि ३६ सय भन्दा बढीको आवेदन दिएका छन्।
प्रकाशित :२०७८ चैत्र २३, बुधबार १४:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%