शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै लाखौं असुलेर फरार

शिक्षक सेवा आयोगले लिइरहेको स्थायी शिक्षकको परीक्षामा पास गराइदिने प्रलोभन दिएर ठूलो मात्रामा ठगी भएको छ । आयोगका कर्मचारीसँग सेटिङ मिलाएर पास गराइदिने भन्दै २ जनाले ६० लाखभन्दा बढी रकम ठगी गरेका हुन् ।

Advertisement 1

उनीहरूले सुर्खेतको मंगलगढीको जेनिथ इन्टिच्युट र एमपीजे मःमः सेन्टरबाट हस्तलिखित प्रश्नउत्तरसहितको फोटोकपी बाँड्दै रकम असुलेको पीडितहरूले बताएका छन् । आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर पास गराउने भन्दै परीक्षार्थीबाट प्रतिव्यक्ति दुई लाखका दरले पैसा उठाएका थिए । आफूहरू ठगिएको भन्दै ३० जनाभन्दा बढीले मौखिक रूपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी दिएका छन् ।

१५ चैतबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा पास गरिदिने भन्दै प्रतिव्यक्ति दुई लाखका दरले रकम उठाएर प्रश्नपत्रसहित उत्तर लेखेर पठाइदिने सर्तमा पैसा उठाएको कालिका माध्यमिक विद्यालय शुभकालिका गाउँपालिका कालिकोटका शिक्षक खेमराज शाहीले बताए ।

Advertisement 2

फरार जगत शाहीले परीक्षा समयअघि नै प्रश्नपत्र लिक गराउने सर्तमा परीक्षार्थीबाट रकम असुलेको र परीक्षार्थीले प्रश्नपत्र उपलब्ध नगराएको कालिकोट खाँडाचक्र नगरपालिका रामबहादुर शाहीले बताए । ‘मसँग दुई लाख रुपैयाँ माग गरेपछि दिएँ,’ उनले भने, ‘मलाई कुनै उत्तरपुस्तिका र प्रश्नपत्र पनि दिइएन । पछि खोज्दा उनको मोबाइल स्विच अफ गरिएको थियो ।’

उनीहरुले कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेत लगायत स्थानका परिक्षार्थीबाट २ लाखका दरले रकम असुलेको खुलेको प्रहरीले जनाएको छ । रकम असुल्नेमा कालीकोट घर भएका मनराज शाही र जगत शाही लगायतका युवाहरू भएको पाइएको छ । कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयकी प्रमुख दीपा हमालले भने ट्युसन सेन्टरको बदमासी हुनसक्ने बनाताएकी छन् ।

Advertisement 3

सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख पदम विष्टले प्रशिक्षार्थीहरुको गुनासो आएकाले अनुसन्धान भइरहेको बताएका छन् । प्रहरीले उत्तर सहितको प्रश्नपत्र बाहिरिएको सूचना पाउनसाथ खोजी कार्य गरेको थियो ।

प्रकाशित :२०७८ चैत्र २०, आईतवार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry