पानीको स्रोतसँग जोडिएको हाम्रो ज्ञान, मूल फुटाउने हाम्रो अभियान

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले आर्सेनिक युक्त पानीलाई स्वच्छ र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गर्दै भूमिगत जलस्रोतका विषयमा थप अध्ययन र अनुसन्धान गरिनु अवाश्यक रहेको बताएका छ्न ।विश्व पानी दिवसका अवसरमा उनले मन्त्रालयले ‘पानीको स्रोतसँग जोडिएको हाम्रो ज्ञान, मूल फुटाउने हाम्रो अभियान’ का साथ विशेष कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

Advertisement 1

राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रलाभ कर्णले मानव सभ्यता पानीसँग जोडिएकाले पानीको उपलब्धताको अवभामा मानव सभ्यता नै सङ्कटमा पर्न सक्ने बताए । चुरे विनास, कृत्रिम तालतलैयाको अतिक्रमणलगायत कारणबाट तराईका २२ जिल्लामा भूमिगत पानीको अभाव हुनसक्ने खतरा औँल्याउँदै उहाँले नेपाल जलस्रोतमा धनी भए पनि पानीको उपयोग र व्यवस्थापनमा अत्यन्त गरिब रहेको बताए। “पानी प्रशस्त भए पनि ठूलो जनसङ्ख्यालाई अझै पनि स्वच्छ पानीको व्यवस्था गर्न सकिएको छैन”, उनले भने, “उपलब्ध पानीको शुद्धता र गुणस्तरमा पनि चुनौती छ ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलालले भूमिगत पानीको अत्यधिक दोहनलाई नियन्त्रण गर्ने पानीको अभाव पूर्ति गर्न तथा जलाधार क्षेत्रबाट पानी स्थानान्तरण गर्नुपर्ने बताए । पानीको दिगो र समुचित प्रयोगको व्यवस्था मिलाउने, अनुसन्धान गर्ने, जलाधार क्षेत्रको संरक्षण गर्ने र पानीको उपयोग गर्ने नीति बनाउन पनि उनले आग्रह गरे ।

Advertisement 2

लोकसेवा आयोगका सदस्य माधव बेल्वासेले जलाधार क्षेत्रको संरक्षण, भूमिगत जलसम्पदाको विस्तृत अध्ययन, भूमिगत जल उत्खननका लागि अनुमतिको व्यवस्था तथा तालतलैयाको संरक्षण र निर्माणमा प्रोत्साहित गर्नुपर्ने बताए । उनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा तराई मधेसमा भूमिगत पानीको स्रोतका रुपमा भावर क्षेत्रलाई पनि समेट्न सुझाव दिए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ४० प्रतिशत चुहावट रोक्न सके यसले पनि धेरैलाई राहत मिल्ने भएकाले ध्यान दिन सचिव आचार्यले निर्देशन दिए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भूमिगत पानी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए । वर्षामा एक हजार ६०० मिलिलिटर पानी पर्ने देशमा वर्षाको पानी सङ्कलन नगर्दा समस्या हुने गरेको उनको बुझाइ थियो ।

प्रकाशित :२०७८ चैत्र ८, मंगलवार १६:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry