सूर्य चिन्ह दावी गर्दै प्रचण्ड नेपाल पुगे निर्वाचन आयोग
प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्।
त्यहाँ जानुपूर्व उनीहरुले माइतीघर प्रर्दशन गरेका थिए । अहिले ठूलो समूह जमलमा पुगेको छन् । उनीहरुलाई जमलमै रोकिएको छ । निर्वाचन आयोगमा भने अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका शीर्षस्थ नेताहरुलाई मात्र प्रवेश गर्न दिइएको छ ।
अन्य स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु जमलमै संसद विघटनविरुद्ध आन्दोलन गरिरहेका छन् ।
Advertisement 1
निर्वाचन आयोगका अधिकारीहरुलाई भेटेर आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएकाले आफ्नो समूह नै आधिकारिक नेकपा भएको जानकारी प्रचण्ड–नेपाल पक्षले जानकारी दिने बताएको छ ।
‘प्रतिनिधसभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौं’ भन्ने नारा लेखिएका प्लेकार्डसहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । अहिले प्रधानमन्त्रीको संसद विघटनको कदमको विरोध गर्दै धमाधम आन्दोलनका कार्यक्रम सार्वजनिक भइरहेका छन् ।