प्रतिनिधि सभा विघटनको मुद्दामा यी पाँच न्यायाधीशलाई तोकियो पेसी
प्रतिनिधि सभा विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले आज संवैधानिक इजलासमा पेशी तोकेको छ। प्रधान न्यायाधीश चोलेन्द्र समशेरले प्रतिनिधिसभा विघटनबिरुध्द परेका एक दर्जन रिटउपर आजदेखि सुनुवाइ थाल्न आफ्नो नेतृत्वमा नयाँ संबैधानिक इजलास गठन गर्नुभएको छ ।
प्रधानन्यायधीश राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको पूर्ण इजलास तोकेका हुन्।
पूर्ण इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।
Advertisement 1
प्रधानन्यायाधीश हुने रोलक्रमका हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ यो पटकको इजलासमा तोकिएका छन् । नेपाल बारका पूर्व अध्यक्ष र बिद्यार्थी जीवनदेखि नै नेकपानिकट मानिन्छन् । विश्वम्भरप्रसाद श्रेष्ठलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ निकट मानिन्छ । अनिलकुमार सिन्हा कतैबाट प्रभावित नभई न्याय अन्याय हेर्ने न्यायाधीशमध्येमा मानिन्छन् भने तेजबहादुर केसीलाई हरेक प्रधान न्यायाधीशले बिश्वासमा लिने गरेको पाइन्छ ।