वरिष्ठहरू मुछिएको गजबको मुद्दा, मज्जैको सजायँ

भ्रष्टाचार र अनियमिततामा संलग्न हुने सबैले उन्मुक्ति पाउँदैनन् भन्ने एउटा दृष्टान्त छ, खाएजति सबै असुल्ने गरी भएको सजायँ ।

Advertisement 1

आन्तरिक राजश्व विभागका लेखा अधिकृत पिताम्बर पोखरेलले आठ वर्षको जेल सजायँ २ वर्षअगाडि नै भोगिसके । तर, जरिवाना नतिर्दा फेरि पनि जेलभित्रैै बस्नुपर्ने अवस्था छ ।

उनले आफ्ना हाकिमहरू राजन खनाल, कूलप्रसाद चुडाल, ध्यानबहादुर थापा र ईश्वर श्रेष्ठहरूको हस्ताक्षर कीर्ते गरेर तीन करोड रकम बैंकबाट निकालेका थिए । भ्रष्टाचार अभियोग लागेपछि बयानमै भने, १५ प्रतिशत खाने म, ८५ प्रतिशत खाने हाकिमहरू तर उनीहरूलाईचाहिँ मुद्दा चलाइएन ।’

Advertisement 2

उनले विष्णुप्रसाद नेपालदेखि सूर्यनाथप्रकाश अधिकारी, हरिनारायण राजभण्डारी र अहिलेका अर्थसचिव मधुकुमार मरासिनीसम्मलाई आफूले भाग बुझाएको भनेर पोलेका छन् ।तर, सचिव भगवती काफ्ले अख्तियारको कार्यवाहक प्रमुख हुँदा बयानमा जे भने पनि उनले गरेकोचाहिँ बद्मासी नै हो भन्ने ठहरसहित ०६८ सालमा सजायँ भयो ।

यो अभियोगमा जेल बसेको आठ वर्ष कटेपछि अहिले सर्वोच्च अदालतबाट न्यायाधीश दीपक कार्की र सपना मल्ल प्रधानको बेञ्चले विशेष अदालतकै सजायँलाई सदर गरिएको छ । नेपालमा यसरी भ्रष्टाचारीलाई कैद र दण्ड जरिवाना पनि भुक्तान गराएको घटना विरलै हुन्छन् ।

Advertisement 3

उनीमाथि तीन करोड बिगो र ६ करोड जरिवाना तोकिएको छ । जरिवाना तिर्न नसकेर फेरि कैद बस्नुपरेको अवस्था छ । उनले पहिला पनि चितवनमा हुँदा हाकिमको सही कीर्ते गरेको आरोप लागेको थियो । भ्रष्टाचारमा यति ठूलो जेल सजायँ भएको नेपालकै इतिहासको सम्भवतः यो पहिलो घटना हो भनिन्छ ।

प्रकाशित :२०७८ चैत्र ५, शनिबार १२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry