प्रदेशसभा पनि भंग गर्ने प्रधानमन्त्री ओलीको संकेत

हठात प्रतिनिधि सभाको अवसान गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशहरु खारेजी गर्ने संकेत गरेका छन् ।
एक टेलिजिभनलाई अन्तरवार्ता दिँदै उनले यस्तो संकेत गरेका हुन् ।

Advertisement 1

ओलीले आफूसमर्थक मुख्यमन्त्रीहरूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सभा भंग गर्ने संकेत गरिसकेका छन् । हाल सात प्रदेशमध्ये चार प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा ओलीनिकट नेताहरू मुख्यमन्त्री छन् ।

ओली समूहका प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । केन्द्रजस्तै प्रदेशको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकिने र बहुमत साबित गर्न नसके मुख्यमन्त्री पदमुक्त हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

Advertisement 2


प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई छन् त्यहाँ कुल प्रदेश सांसदमध्ये प्रचण्ड र माधव पक्षीयको बहुमत छ । यस्तै प्रदेश २ मा राजपाको सरकार छ । त्यहाँका मुख्यमन्त्री छन् लालबाबु राउत । सो प्रदेशमा नेकपा प्रमुख प्रतिपक्षी छ । वागमती प्रदेशमा डोरमणि पौडेल ओली पक्षधर हुन् । प्रदेशसभामा प्रचण्ड र माधव पक्षको बहुमत छ । पौडेललाई हटाएर प्रचण्ड र माधव पक्षका अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी चालिरहेका छन् । यस्तै गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ पनि अल्पमतमा परेका छन् । लुम्बिनी प्रदेशमा ओली पक्ष बलियो छ । शंकर पोखरल मुख्यमन्त्री रहेको यस प्रदेशमा प्रचण्ड र माधव पक्षले साथ नदिए सरकार ढल्छ । उता कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् । त्यहाँ ओली पक्ष नहुँदा पनि प्रचण्ड र माधव पक्षको बहुमत छ ।

सुदुरपश्चिम प्रदेशमा पनि नेकपाकै बहुमतको सरकार छ । तर, ओली पक्षको साथ विना पनि प्रचण्ड र माधव पक्षले सरकार टिकाउन सक्छ ।

Advertisement 3

संविधानको धारा ३ बमोजिम राष्ट्रपतिलाई प्रदेश मन्त्रिपरिषद र प्रदेश सभा छ महिनासम्म निलम्बन गर्न वा बिघटन गर्न सकिने व्यवस्था छ । तर, प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा निलम्बन वा बिघटन गर्न सक्ने प्रावधान छ । बिघटनलाई संघीय संसदले बहुमतबाट अनुमोदन गराउनुपर्छ । हाल संघीय संसद पनि बिघटन भएको अवस्थामा राष्ट्रपतिले प्रदेश मन्त्रिपरिषद वा प्रदेश सभा बिघटन गरेर जाँदा नयाँ संकट निस्कनसक्छ ।

प्रकाशित :२०७७ पुष ९, बिहीबार १४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry