प्रधानमन्त्री ओलीको केन्द्रीय सदस्य पद २३ जनाद्धारा अस्वीकार
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय समिति पुनर्गठन गरी १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ। ४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ५ सय ५६ जना थप गरिएको हो। १ सय ९६ जना थप्न बाँकी छन् । यसरी नियुक्त गरिएकामध्ये हालसम्म २३ जनाले उक्त पद अस्वीकार गरेको बताएका छन् । यसरी सार्वजनिक रूपमा अस्वीकार घोषणा गर्नेहरूमा ताप्लेजुङ्गका डम्बरध्वज तुम्बाहाम्फे,झापाका गोपाल बुढाथोकी, नवलपरासीका बृहस्पति अधिकारी छन् । यस्तै प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, कटारी नगरपालिका उदयपुरका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, नेकपा बारा जिल्ला सचिव सुन्दर बिक, नेकपा प्रदेश १ सदस्य कमलेश झा, लुम्बिनी प्रदेश सदस्य भगवती भण्डारी, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी र तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीले पनि नेकपाको केन्द्रीय सदस्यमा आफू नरहेको बताएका छन् ।
यस्तै,नेकपा दाङ्गका अध्यक्ष टिकाराम खडका,रुपन्देहीका नेत्र पन्थी र नन्दकिशोर ढकाल,पाल्पाका देवी बस्याल,मेयर अशोक शाही र कमल श्रेष्ठ,अछामका यज्ञ बोगटी र भैरे कामी,बारा प्रदेश सदस्य कल्याणी चौधरी,खोटाङ्ग जिल्ला सचिव राम दंगाल,गुल्मीका गगन विष्ट र नेकपा प्रदेश नं २ कमिटी सदस्य केशव ढुंगाना,शेषमणि आचार्य (तनहुँ) र कला घले (उदयपुर),प्रदेश सांसदले पनि आफूहरु ओली समूहको केन्द्रीय समितिमा नरहेको जानकारी गराएका छन् ।