नेकपा फुटको असर :- पत्नी ओलीतिर,पति माधव- प्रचण्डतिर


एकजुट भएको तीन बर्ष नबित्दै नेकपा विभाजन हुँदा यस्को असर असर परिवारसम्म परेको छ ।
एक दम्पत्तीमा श्रीमान एउटा खेमामा र श्रीमती अर्काे खेमामा विभक्त भएका छन् ।
यस्तो स्थिती देखिएको हो पूर्व भौतिक योजना मन्त्री रघुबीर महासेठको परिवारमा । महासेठ एउटा खेमामा पुगेका छन् भने उनकी पत्नी जुली महत्तो अर्काे कित्तामा । ०७४ सालको निर्वाचनमा धनुषा ४ बाट निर्वाचित भएका थिए रघुबीर । जुलीलाई समानुपातिकमा तानिएको हो । उनीहरु दुबै प्रतिनिधिसभाको सदस्य हुन् । महासेठ नेकपाको स्थायी समिति सदस्यसमेत हुन् ।

Advertisement 1

पार्टी विभाजन पछि जुली महत्तो केपी ओली खेमातिर लागेकी छिन् भने महासेठ प्रचण्ड माधव नेपाल खेमामा ।
जुली बिहानै वालुवाटार भेलामा पुगेकी थिईन भने महासेठ चाहिँ बवरमहलमा भएको माधव प्रचण्डको भेलामा सहभागी भएका थिए ।

प्रकाशित :२०७७ पुष ८, बुधबार ०८:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry