साथीहरुकै आग्रहबमोजिम फेरि पनि अध्यक्षमा उम्मेद्धारी दिएको हुँ

नेपाल निजामति कर्मचारी युनियनका वर्तमान अध्यक्ष गोपाल पोखरेलले पुनः युनियनमा दोहोरिन आफ्नो उम्मेदवारी दिएका छन् । भोलिदेखि सुरु हुने युनियनको आठौंँ महाधिवेशनमा उनी पुनः अध्यक्षको दाबेदारी बनेका छन् । युनियनमा नयाँ पुस्ताको बहस चलिरहँदा उनैलाई पुनः अध्यक्षमा दोहोर्याउन खोज्नुको कारण के हो ? यस सन्दर्भमा प्रश्न गर्दा उनी संगठनमा आफ्नो आवश्यक्ता खट्केकोले पुनः आफू उम्मेदवारी बनेको बताउछन् ।
Advertisement 1
युनियन कर्मचारीमा कुनै गुटगत भेला नरहेको र युनियनका कर्मचारीकै आग्रहबमोजिम उम्मेदवारी दिएको बताउने पोखरेल अब संगठनलाई नयाँ उचाइमा पुर्याउने बेला आएको बताउछन् । साथै, महावधिवेशनमा सक्षम र नेतृत्ववान वर्गलाई चुनिएको पनि उनको भनाइ छ । र, आठौँ महाधिवेशनबाट चुनिएर आएका पदाधिकारीले उदाहरणीय काम गर्नेमा पोखरेल विश्वस्त छन् ।
पोखरेलले गुटगत र प्यानल नबनी महाविधेशन सम्पन्न हुन्छ भनिरहँदा बाहिर भने ठीक विपरीत देखिएको छ । प्यानल र गुट भन्न अस्वीकार गर्ने पोखरेल यो लोकतन्त्रको सुन्दर पक्ष र स्वभाविक ठान्छन् । अरुलाई ठाउँ नदिएर पुनः अध्यक्षमा दोहोरिनुपर्ने बाध्यता किन ? पोखरेलको भनाइ जस्ताको तस्तै
व्यक्तिगत रुपमा म कुनै पार्टीप्रति आस्था राख्छु त्यो छुट्टै कुरा हो तर, म कुनै गुट, उपगुटको मान्छे होइन । सबैलाई समेटेर अघि बढ्नेछु । कर्मचारीहरुकै आग्रहबमोजिम फेरि पनि महाधिवेशनमा उम्मेदवारी दिएको छु । युनियनले संगठनमा मेरो आवश्यक्ता देखेको हुनाले दोहोरिएको छु । मेरो यसअघिको कार्यकालमा धेरै सुधारका कार्यहरु भएका छन् । संघीय निजामति ऐनमा तल्ला कर्मचारीको हकहितका लागि आवाज बुलन्द गर्दै आएको छु । र, कुनै पनि अवस्थामा कर्मचारीको वृत्ति, विकासमा ऐनले अड्काउने काम गरे हामी जुनसुकै कदम चाल्नेछौँ ।
मुख्यतः संघीय निजामति ऐनको कुरा गर्नुपर्दा ऐन अघि बढ्न नसक्नुको कारण उच्च प्रशासकहरुको स्वार्थका कुराहरु ऐनमा नपर्दा र केही उच्च प्रशासकले आफूअनुकूल बनाउन खोज्दा यस्ले गति लिन नसकेको हो । यसकारण यो ऐन आमकर्मचारीको हितमा छँदै छैन, कर्मचारी त्यसविरुद्ध उभिइ रहेका छन् । ऐनमा कर्मचारीको वृत्ति, विकासमै अंकुश लागेपछि त्यो अघि बढ्न सक्ने कुरै भएन । त्यसैले कर्मचारीविरुद्ध ऐन अघि बढाइए लडाइ हुने नै छ । र, अहिलेको कर्मचारीमा देखिएको चुनौती र समस्याहरु यहीँ हो ।
Advertisement 2
अब, युनियनको आठौं महाधिवेशनको कुरा गर्नुपर्दा, महाधिवेशन शान्तिपूर्ण हुँदैछ । प्यानल भन्ने छैन । गुट, उपगुट छैन । कोही कसैले व्यक्तिगत रुपमा अधिवेशनमा उम्मेदवारी दिनु लोकतन्त्रको सुन्दर पक्ष हो । यो अधिकार जो कोहीलाई छ । हस्तक्षेप भन्ने छैन । गरिनु पनि हुँदैन । नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । सबै पदमा नेतृत्व हस्तान्तरण भएको छ । यसकारण पनि दाबीका साथ भन्छु– युनियनमा अब कहीँकतै हस्तक्षेप, गुट, उपगुट छैन । यो क्लियर गर्न चाहन्छु ।
यसकारण यो आठौं महाधिवेशनबाट चुनिने टिमले नयाँ र उदाहरणीय कार्य गर्नेछ । महाधिवेशन पार्टीबाट परिचालित भएर भएको छैन, यो एउटा सन्देश हो । अर्काे महाशिवेशन गुट, उपगुटमा बाँडिएको छैन । आउने अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीले संघीय निजामति सेवा ऐन र आधिकारीक ट्रेड युनियनमा बहस चलाउने मात्र नभई मुद्धालाई स्थापित गरेरै छाड्छ ।