एनसेलको नयाँ अल टाइम डेटा प्याक, बढ्यो ननस्टप युट्युब प्याकको भोल्युम

एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै ननस्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । यसका साथै नन्स्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

Advertisement 1

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र रु १२५ मा सुचारु गर्न सक्छन् । त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र १४७ रुपैयाँमा ७ दिनको समय सीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र युट्युबमा नन्स्टप पहुँच पाउँछन् । दुई जीबी अल टाइम डेटा प्याकको भोल्युम बढेर ४ जीबी भएको कम्पनीले जनाएको छ ।

ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक सञ्चालन गर्न सक्छन् । त्यस्तै ग्राहकले नन्स्टप युट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।।

Advertisement 2

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

प्रकाशित :२०७८ फाल्गुन १८, बुधबार १८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry