साहित्यकार तारानाथ शर्माको निधन

 

Advertisement 1

प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ ९ताना० शर्माको मंगलबार विहान निधन भएको छ ।

इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित थिए । उनीे मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पीडित थिए ।

Advertisement 2

शर्मा नेपाली साहित्यमा नियात्रा विधाका संस्थापक, निबन्धकार, काथाकार, उपन्यासकार, समालोचकका रुपमा परिचित छन् । अंग्रेजी भाषमा विद्यावारिधी गरेका शर्माका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उनको पहिलो कृति ‘घोत्ल्याइँहरु’ २०२१ सालमा प्रकाशन भएको थियो । उनले ‘बेलाइततिर बरालिँदा’ पुस्तकबाट २०२६ सालमा मदन पुरस्कार पाएका थिए । निबन्ध संग्रहमा मदन पुरस्कार पाउने ‘बेलाइततिर बरालिँदा’ पहिलो पुस्तक हो ।

Advertisement 3

‘संवत् २०२६ को मदन पुरस्कारबाट सम्मानित ताना शर्माप्रति हार्दिक श्रदा,’ मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीले आज ट्वीटर मार्फत भनेको छ ।

शर्माले २०२९ सालमा ‘सम र समका कृति’ लागि साझा पुरस्कार पाएका थिए । २०२३ सालमा रत्नश्री स्वर्णपदक पाएका उनी २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्क लेखन पुस्करबाट पनि सम्मानित भएका थिए ।

मंगलबार अपरान्ह्र पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने परिवार निकट स्रोतले बताएको छ ।

प्रकाशित :२०७८ फाल्गुन ३, मंगलवार १२:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry