नेपालले प्राप्त गर्यो साढे ४ करोडभन्दा बढी कोरोना खोप, करिव साढे तीन करोड डोज लगाइयो

शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालले हालसम्म खरिद र बिभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् ।
Advertisement 1
प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको उनले जनाए । ‘२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ,’ मन्त्री खतिवडाले भने, ‘२०७८ माघ २७ गते सम्म १२ बर्ष भन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ ।’
प्रकाशित :२०७८ माघ २८, शुक्रबार १३:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%