आइएमई जनरल इन्स्योरेन्सको भवन शिलान्यास

आइएमई जनरल इन्स्योरेन्सको पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास भएको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त भवनको शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाललगायतको उपस्थिति रहेको थियो ।

Advertisement 1

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले समारोहमा उपस्थित भई भवनको शिलान्यास गरेकोमा बिमा समितिका अध्यक्षलाई सञ्चालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे । श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने बताएका थिए ।

प्रकाशित :२०७८ पुष २८, बुधबार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry