स्थानीय तहमा प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको छः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको बताएका छन् । संखुवासभामा ८औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले कानुनअनुसार फागुनमा चुनाव हुनुपर्नेमा सरकारले कुनै तयारी नगरेको बताएका हुन् ।

Advertisement 1

फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उनको भनाइ थियो। संखुवासभामा आज एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले चुनावमा जान सरकार डराएको आरोप पनि लगाए। ‘यो सरकार चुनावमा जान डराइरहेको छ। कानुनअनुसार स्थानीय तहको निर्वाचन फागुनमा गर्नुपर्ने हो तर चुनाव हुने कुनै सम्भावना छैन,’ उनले भने, ‘यो सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने र कर्मचारीबाट चलाउने षड्यन्त्र गर्दैछ।’

‘चरणबद्ध स्थानीय तहको चुनाव हुँदा पनि पहिलो चरणको चुनावलाई समय मानेर त्यसभन्दा दुई महिना अघि चुनाव हुनुपर्ने हो । फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने थियो तर फागुनमा चुनाव गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटामारमा लागेको छ । चुनावतिर होइन,’ उनले भने, ‘स्थानीय तहलाई जनप्रतिनिधिविहीन नबाउने र कर्मचारीमार्फत चलाउने त्यो षड्यन्त्र गर्दैछ जुन २०५९ सालमा पनि गरेको थियो । २०५९ सालमा चुनाव गराइएन जन प्रतिनिधिको म्याद थपिएन र कर्मचारीलाई जिम्मा लगाइयो । जसले गर्दा स्थानीय तहहरु जनप्रतिनिधिविहीन र पंगु भए ।’

Advertisement 2

उनले एमालेमा सरकार नहुँदा स्थानीय तहको चुनाव गर्नका लागि २ दशक लागेको बताए ।२०७४ साल वैशाख मसान्तका दिन स्थानीय तहको चुनाव भएको थियो । त्यसबेला तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो ।

 

प्रकाशित :२०७८ पुष २६, सोमबार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry