वामदेवले सूर्य थापालाई सल्लाहकारबाट हटाउन भनेपछि….
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रेस सल्लाहकार कुन्दन अर्याललाई हटाएर सल्लाहकारका रुपमा नियुक्त गरे सूर्य थापालाई । सूर्य नेकपाका प्रचार विभागका उपप्रमुख ।
तर पछिल्लो समय उनै सूर्य थापाका कारण प्रधानमन्त्रीसमेत अप्ठ्यारो पर्ने गरेका छन् ।
जस्तो आइतबार बिहानै पूर्व गृहमन्त्री समेत रहेका वामदेव गौतमको एउटा फोटो राखेर सूर्यले स्टाटस लेखे को कस्तो तस्वीर काफी छ ।
Advertisement 1
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वामदेव गौतमको ६ वर्ष पुरानो फोटोको सम्झना गरेका छन्।
आइतबार बिहान ८ बजेर ३८ मिनेटमा पार्टी उपाध्यक्षसमेत रहेका गौतमको फोटो राख्दै थापाले लेखेका छन्- को कस्तो? तस्बिर काफी छ!
Advertisement 2
पार्टीका उपाध्यक्ष,पूर्व गृहमन्त्रीसमेत रहेका वामदेवको यस्तो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएलगतै सूर्य थापाको चर्काे आलोचना भयो । सामाजिक सञ्जालबाटै ।
यसरी सूर्यले वामदेवको पूरानो फोटो आफ्नो सामाजिक सञ्जालको भित्तामा पोस्ट गर्नुको कारण हो शनिवारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले सूर्य थापालाई तत्काल सचिवालयबाट हटाउन प्रधानमन्त्रीलाई भनेका थिए ।
स्रोतका अनुसार शनिवारको बैठकमा उपाध्यक्ष वामदेव गौतमले सूर्य थापा को हुन् ? उनले हामी नेताहरुलाई तथानाम भन्दै हिड्ने उनको हैसियत के हो ? उनलाई प्रधानमन्त्रीको सचिवालयमा राखेर किन हाम्रा विरुद्ध जथाभावी बोल्दा पनि तपाई केही गर्नुहुन्न ? भन्दै गौतमले आक्रोशपूर्ण रुपमा अभिब्यक्ति दिएका थिए । गौतमले थापालाई सचिवालयबाट हटाउन मात्र भनेनन्, थापाले अन्ततः प्रधानमन्त्रीलाई नै सिध्याउने भन्दै त्यस्ता मान्छेलाई सचिवालयमा त के पार्टीभित्रै पनि अनुशासनको कारवाही गर्नुपर्ने ब्यक्ति भएको बताएका थिए । तर गौतमको यस्तो टिप्पणीमा प्रधानमन्त्री ओलीले खास केही बोलेनन् ।
अघिल्लो दिनको सचिवालय बैठकमा वामदेव गौतमले सूर्य थापाबारे प्रश्न उठाए पछि एकाबिहानै वामदेव विरुद्ध उनी उत्रिएका हुन् ।
आइतबार पनि उसैगरी उनी वामदेव विरुद्ध खनिए । तर सामाजिक सञ्जालमा चर्काे आलोचना हुन थालेपछि आफूले हालेको पोष्ट केही बेरमै हटाएका छन् ।
Advertisement 3
थापाले पार्टीका अर्काे अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल लगायतका नेताहरुका विरुद्ध निरन्तर विषवमन गर्दै आईरहेका छन् ।