एमाले रसुवाको अधिवेशन, अध्यक्षमा को-को छन् आकांक्षी ?

नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशन २३ पुसमा तय भएपछि रसुवामा चुनावको सरगर्मी बढेको छ । नेतृत्वका लागि नेताहरु आन्तरिक तयारीमा जुटेका छन् ।

Advertisement 1

एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवाबाट पार्टी अध्यक्ष कर्णेल लामा दोहोरीन लागेका छन्, त्यस्तै अशोक घिमिर र युवा पुस्तान्तरण हुनुपर्छ भन्दै युवा नेता तथा संविधान सभा सदस्य जर्नादन ढकाल आकांक्षी छन् ।

संविधान सभा सदस्य ढकाल पुस्तान्तरणको नारा लिएर अघि बढेका छन् । त्यस्तै सर्व सहमती हुँदा एकले अर्कालाई छोड्ने सहमती भएको संविधान सभा सदस्य ढकालले जानकारी दिए ।

Advertisement 2

पाँच वटा गाउँपालिका अधिवेशनमा
उत्तरगया गाउँपालिका अध्यक्षमा टुकु सुवेदी, उपाध्यक्षमा मार्सिङ तामाङ, सचिवमा बासुदेव न्यौपाने, उपसचिवमा सुमन आचार्य र आयुषा गुरुङ चयन भएका छन् ।

आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्षमा फुर्पुसिङ्गी तामाङ, उपाध्यक्षमा ल्हाक्पा गोम्बो तामाङ, सचिव सितेम्बा तामाङ, उपसचिवमा पेम्बा छिरिङ तामाङ र बहादुर तामाङ चयन भएका छन् ।

Advertisement 3

नौकुण्ड गाउँपालिकामा अध्यक्षमा हितबहादुर न्यौपाने, उपाध्यक्ष चन्द्र तामाङ, सचिव कार्बो थोक्रा, उपसचिव सिर्जना लामा र पेम्बा नेगी चयन भएका छन् ।

कालिका गाउँपालिका अध्यक्षमा टीका देवकोटा, उपाध्यक्षमा गणेश पौडेल, सचिवमा विक्रम लोप्चन तथा उपसचिवमा दावा लाक्पा तामाङ र हरिमाया अधिकारी पौडेललाई चयन गरेको छ ।

गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा दावामिङमर तामाङ, उपाध्यक्षमा कामीनुर्वु तामाङ, सचिवमा दावासिदार वाइवा, उपसचिवमा उर्केन तामाङ र प्रतिमा लामा चयन भएका छन् ।
२७ वडाबाट नवनिर्वाचित कमाण्डर
५ वटा वडा रहेको कालिका गाउँ पालिकाबाट क्रमश वडा नम्बर १ बाट आङ्तेम्पा तामाङ, वडा नम्बर २ बाट राम बहादुर श्रेष्ठ,वडा नम्बर ३ मा भरत प्रसाद न्यौपाने,वडा नम्बर ४ बाट अम्बिका पौडेल र वडा नम्बर को नेतृत्व हरि शरण पौडेलको काँधमा पुगेको छ ।
यस्तै,६ वटा वडा रहेको गोसाइँकुण्ड गाउँ पालिकाबाट क्रमश बच्छु कैलाश तामाङ,पेमा दोर्जे घले,जिम्बा गुरुङ,सोनाम साङ्बु तामाङ,दावा तामाङ र ङानेन घलेको अध्यक्षमा चयन भएका छन् ।
यस्तै ५ वटा वडा रहेको उत्तरगया गाउँ पालिकाबाट क्रमश बुद्धि बहादुर तामाङ,भोज बहादुर तामाङ,बिष्णु बहादुर गुरुङ,प्रताप सिं ब्लुन र बिनोद आचार्य अध्यक्षमा चयन भएको नेकपा एमाले रसुवाले जनाएको छ ।
यस्तै,६ वटा वडा रहेको नौकुण्ड गाउँ पालिकाबाट क्रमश लक्षिन नुर्पु तामाङ,गणेशमान लामा,नोकेन्द्र देब मोक्तान,दीर्घ सिंह वाइबा,शरद गुरुङ,यो नुर्पु तामाङको अध्यक्षतामा वडा कमिटि निर्विरोध चयन भएको छ ।
यस्तै ५ वटा वडा रहेको आमाछोदिङ्मो गाउँ पालिकाबाट क्रमश साङ लामा,सुमन तामाङ,मारलामा तामाङ,बिरेन्द्र घले,सुरेश तामाङ अध्यक्षमा चयन भएका छन् ।

प्रकाशित :२०७८ पुष २०, मंगलवार ०९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry